श्रीलङ्कामा कात्तिक १८ देखि २३ गतेसम्म आयोजना हुने काभा यु–१९ महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोलीका बिदाइ गरिएको छ ।
प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडान ठप्प छ।निरन्तर सिमसिमे पानी परिरहेको छ भने आकाश कुहिरोले छोपिएको छ।
बङ्गलादेशका डक कामदारले विदेशी कम्पनीलाई प्रमुख बन्दरगाह सञ्चालनको अनुमति दिने सरकारको योजनाको विरोध स्वरूप शनिबार देशको सबैभन्दा ठूलो चट्टोग्राम बन्दरगाहमा हडताल आरम्भ गरेका छन् ।
बागमती सफाइ महाअभियानको ६५० औं हप्ता पूरा गरेको अवसरमा राजधानीमा आयोजित कार्यक्रम ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाका शहरीकरको गुरुयोजना तयार गरी सोही बमोजिम योजना कार्यान्वयन अगाडि बढाइने बताउनुभयो ।
बाँकेको कोहलपुर नगरपालिका –२ बिकासनगरस्थित जनएकता सामूदायिक वनमा बाघले आक्रमण गरेर मृत्यु भएको भनिएका स्थानीय मोहन थारुको मृत्यु रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले विगतदेखि नै एक हप्तामा सम्पादन गरेका कार्यहरुको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले साप्ताहिक रुपमा गरेका कामको आम नागरिकलाई जानकारी गराउने उद्देश्यले हरेक हप्तामा सम्पादित भएका कार्यहरु सार्वजनिक गर्दैआएको हो।
माल्दिभ्स सरकारले शनिबारदेखि ऐतिहासिक कदम चाल्दै सन् २००७ जनवरी १ पछि जन्मिएका सबै नागरिक र आगन्तुकमा सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र खरिदमा पूर्ण प्रतिबन्ध लागू गरेको छ ।
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा रहेको सिद्धिडाँडा पर्यटकको पर्खाइमा छ। सदरमुकाम फुङ्लिङ बजारनजिक रहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र सिद्धिडाँडा पर्यटकको पर्खाइमा रहेको हो।
उत्तरी गोरखाको साम्दोमा हिमपातले आवागमनमा समस्या भएपछि सशस्त्र प्रहरी बलको टोलीले हिउँ पन्छाउने कामलाई तिब्र गरेको छ ।
नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लगानीका दायरा विस्तार गर्न सरकारी, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा गैरसरकारी कोषसँग सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्दै ठूला र रोजगारमुलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ।
सप्तरीको बोदेबर्साईन नगरपालिकामा शनिबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । नगरपालिको वडा –२ बैरियास्थित लुगा सुकाउने क्रममा फलामको तारमा करेन्ट प्रवाह भई २८ बर्षीय मालतीदेवी साहको मृत्यु भएको हो ।
मलेसियामा हालै भएको डब्लुकेएफ कराते सिरिज वानमा स्वर्णपदक जितेकोमा हौसला स्वरुप एरिकालाई ५० हजार रुपियाँसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो ।
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका –७ को सेरकाटियानजिक बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुढीनन्दा नगरपालिका –१ को कोल्टी बसपार्कदेखि मार्तडी हुँदै धनगढी जान लागेको सुप्र ०१००१ ख ३१८१ नम्बरको बस सडकमै पल्टिदा चालकसहित पाँच जना घाइते भएका हुन् ।
भोजपुरको उत्तरी षडानन्द नगरपालिका –४ दुबेस्थित चाम्लादाङबाट दिङ्ला आउँदैगरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
फ्रान्सका एक अन्वेषक म्याथिउ टोर्डुर र प्रसिद्ध हिमनदी विज्ञ हेइडी सेभेस्ट्रेले अन्टार्कटिकाको गहिराइमा एक लाख ३० हजार वर्ष पुरानो बरफको खोजीका लागि तीन महिनाको कठिन अभियान प्रारम्भ गर्नु भएको छ ।