थारू समुदाय चितवनको मात्र हैन, नेपालकै आदिवासीमध्येको एक समुदाय मानिन्छ । आधुनिकताले छोएसँगै गाउँघरको निमेक छाडेर बिदेसिने लहर चलेपछि अचेल थारूगाउँमा युवाको जमघट निकै कम छ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मतदाताले आफ्ना छोराछोरीलाई स्वदेशमै काम गरेर सँगै बस्ने वातावरण बनाइदिन भोट माग्न आउने नेताहरूसँग भन्न थालेका छन् ।
बैतडीका गाउँघर तथा बजार क्षेत्रमा यतिबेला होली पर्वको उल्लास छाएको छ। फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म मनाइने यो पर्व धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको मानिन्छ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरिएका घोषणापत्रमा प्रमुख दलले साबिक कर्णालीका पाँच जिल्लाको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । साबिक कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटको विकासमा दलहरूले आफ्नो घोषणापत्रमा यहाँको पूर्वाधार विकास र सिँजा खस सभ्यताको संरक्षण तथा संवर्धन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
बाक्लो हिउँ जमेर अवरुद्ध भएको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्ता गाउँ जाने सडक सञ्चालनमा आएको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाउने तयारी अन्तिम चरणमा पुगेको छ।
चुनाव प्रचारको समय सकिन लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवार प्रकाश सपुतले गृह जिल्ला बागलुङमा चुनावी अभियान तीव्र बनाउनुभएको छ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा नियुक्त गरिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीहरू आवश्यक सामग्रीसहित कार्यस्थलतर्फ परिचालित भएका छन् ।
रौतहट निर्वाचन क्षेत्र नं. ४ का सबै उम्मेदवारले चाँदी नदीको पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएपछि मतदाता कसलाई मतदान गर्ने भन्ने विषयमा अलमलमा परेका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जामा १७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३८ वर्षीय वीरेन्द्र मल्ल एक वर्षदेखि समय–समयमा लाग्ने सुख्खा खोकीको समस्याले ग्रसित हुनुहुन्थ्यो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले फागुपूर्णिमा (होली) पर्वले आपसी सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार, यही फागुन १६ गते बिहान १० देखि १७ गते बिहानसम्म देशभर कुल २३ वटा विपद्का घटना घटेका छन् । त्यसमध्ये २२ वटा घटना आगलागीसँग सम्बन्धित थिए । एउटा मात्रै पहिरोको घटना थियो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विविधतासहितको एकतामा आधारित हाम्रो समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी रहेको बताउनुभएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध, हिंसा र सशस्त्र मुठभेडको सट्टा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै वार्ता, संवाद र कूटनीतिक उपायमार्फत समस्याको समाधान खोज्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपियाँ २७ पैसा र बिक्रीदर १४५ रुपियाँ ८७ पैसा तोकिएको छ ।