मनोरञ्जन एवं सिङ, एन्टलर, छाला, टाउको जस्ता वन्यजन्तुका आखेटोपहार सङ्कलन गर्ने उद्देश्यले वन्यजन्तुको सिकार गर्ने कार्यलाई सिकार पर्यटन भनिन्छ । यसलाई कानुनी सिकार वा ट्रफी हन्टिङ पनि भन्ने गरिन्छ । सिकार पर्यटनको मुख्य उद्देश्य वन्यजन्तु संरक्षणका लागि आर्थिक स्रोत जुटाउनु हो । त्यसका लागि वन्यजन्तुको प्राकृतिक वासस्थानमा गएर बथानको सबैभन्दा ठुलो, बुढो, लामो र मोटो सिङ वा एन्टलर भएको गेम
बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ ।
नेपालमा पहिलो पटक ‘हरर’, काल्पिनक र लोककथामा आधारित चलचित्र महोत्सव ‘काठमाडौँ हरर फिल्म फेस्ट’ सुरु भएको छ । नेपाल फिल्म एन्ड कल्चर एकेडेमीको आयोजनामा र रसियन हाउस तथा रुसी राजदूतावासको सहकार्यमा भएको तीनदिने महोत्सवले नेपाली चलचित्र क्षेत्रमा नयाँ विधा डर, रहस्य र कल्पनाको कलालाई अघि बढाउने उद्देश्य राखेको छ ।
बालबालिकामा सिर्जनात्मक क्षमता अभिवृद्धिको उद्देश्यसहित सिन्धुलीमा कविता, कथा र निबन्ध लेखन तथा चित्रकला कार्यशाला सम्पन्न गरिएको छ । दुईदिने सो कार्यशालामा ३४ विद्यालयका १८७ जना विद्यार्थीको सहभागिता रहेको थियो । साहित्यकार प्रमोद प्रधानले कविता निबन्धको प्रशिक्षण, जियराज आचार्यले कथाको प्रशिक्षण र सपना नेपालीले चित्रकलाको प्रशिक्षण दिनुभएको थियो ।
नेपालकै अनौठो चिच्चाएर वर माग्ने मेला सफलतापूर्वक सम्पन्न गर्न तयारी तीव्र पारिएको छ । पाल्पाको तिनाउ गाउँपालिका–४, सत्यवतीमा हरेक वर्ष चिच्चाएर वर माग्ने मेलालाई सम्पन्न गर्न तयारी गरिएको हो । सत्यवती मन्दिरमा कात्तिक पूर्णिमाका अवसर पारी हरेक वर्ष चिच्याएर वर माग्ने मेला लाग्ने गरेको छ ।
चलचित्र ’परान’ शुक्रबारदेखि देशैभर प्रदर्शनमा आएको छ । दीपकप्रसाद आचार्य (काकु) को पहिलो निर्देशकीय चलचित्रले भावनात्मक पारिवारिक कथा बोकेको छ । चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह प्रमुख भूमिकामा देखिनुभएको छ । शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राईलगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले नीतिगत सुधारका कामलाई उच्च प्राथमिकतामा राखेको र केही सुधारका काम निजी क्षेत्रले अनुभव गर्ने गरी भइसकेको बताउनुभएको छ । जेनजी आन्दोलन र त्यस क्रममा भएको जनधनको क्षतिले निजी क्षेत्रमा परेको असर, लगानीकर्ताले गरेको अनुभव एवं विद्यमान अवस्थाबाट अगाडि बढ्न गरिनुपर्ने पहलका सम्बन्धमा लगानी बोर्ड र नेपाल उद्योग परिसङ्घले शुक्रबार आयोजना गरेको सार्वजनिक निजी संवादलाई सम्बोधन गर्दै उहाँले लगानी र लगानीकर्ताको सुरक्षाको विषयमा शङ्का नगर्न स्वदेशी एवं विदेशी लगानीकर्तालाई आग्रह गर्नुभयो ।
मलेसियामा नेपाली श्रमिक पठाउँदा श्रमिक र व्यवसायी दुवैको अधिकतम हित हुने गरी काम गर्न छलफल गर्ने निष्कर्ष निकालिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले श्रम, अर्थ परराष्ट्र, कानुन मन्त्रालयका अधिकारीसँग बिहीबार गर्नुभएको छलफलमा मलेसियाबाट पठाइएका नयाँ १० वटा मापदण्डका विषय मलेसिया सरकारको प्रस्ताव मात्र रहेको र यो नै अन्तिम नभएकाले द्विपक्षीय वार्ताबाट नेपाली श्रमिकको हितमा काम गर्ने पहल गर्ने निष्कर्ष निकालिएको हो ।
स्टार्टअप उद्यम कर्जाको सीमा घटाइएको छ । कर्जाबापत उद्यमीले २० लाख रुपियाँ पाउने भएका छन् । स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ लाई संशोधन गरेर सरकारले कर्जाको सीमा घटाएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसअघि तीन प्रतिशत ब्याजमा उद्यमीलाई २५ लाख रुपियाँसम्म त्यस्तो कर्जा वितरण गर्दै आएको थियो । अब उद्यमीले बिनाधितो तीन प्रतिशत ब्याजमा स्टार्टअप उद्यम कर्जा पाउने छन् ।
छिम्केश्वरी र बुढीमाई मन्दिर क्षेत्रको संरक्षण, भौतिक पूर्वाधार विस्तार र धार्मिक पर्यटन प्रवद्र्धनका उद्देश्यसहित सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा आँबुखैरेनी गाउँपालिकाका कार्यालय पाँच लाखभन्दा बढि दान दिएका छन् ।
गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गामा हरिबोधिनी (ठुलो) एकादशीको पावन अवसर पारेर हरेक वर्ष मेला लाग्ने गर्दछ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७३ पैसा र बिक्रीदर १४२ रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ ।
मोन्था चक्रवातका कारण भएको बदलीपछि शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा भएको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् ।
बेमौसमी हिमपात र वर्षाका कारण हजारौँ पर्यटक खुम्बु क्षेत्रमा अलपत्र परेका छन् । पछिल्ला चार दिनयता लगातार परेको वर्षा र हिमपातका कारण उडान हुन नसक्दा तथा आवतजावतमा समस्या भएपछि खुम्बु क्षेत्रमा मात्र करिब साढे पाँच हजार पर्यटक तथा तिनका सहयोगीको विचल्ली भएको हो । तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई जहाजको पर्खाइमा रहेका तथा मौसमका कारण रोकिएर करिब छ सयभन्दा बढी पर्यटक