सरकारले अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवर्धन गर्ने उद्देश्यले हाल कार्यान्वयनमा रहेको छबुँदे मापदण्ड खारेज गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णयमार्फत भिजिट भिसासम्बन्धी विसं २०८० माघ १० गते जारी भएको छबुँदे कार्यविधि खारेज गरी भिजिट भिसासम्बन्धी व्यवस्थालाई सहज बनाउने निर्णय गर्नुभएको हो । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलनमार्फत भिजिट भिसामार्फत विदेश जान चाहने नेपाली नागरिकका हकमा सहज बनाइएको जनाइएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार भिजिट भिसासम्बन्धी विद्यमान कार्यविधि खारेज गरिएको बताउनुभयो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । निगम सञ्चालक समितिको बैठकको आजको निर्णयअनुसार डिजेल र मट्टितेलमा एक एक रुपियाँ घटाइएको छ । पेट्रोलको मूल्य यथावत राखिएको छ।
लगातारको झरीले अर्घाखाँचीको मुख्य सडक अवरूद्व भएको छ । रिब्दीमा पहिरो जाँदा गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध भएको हो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर बाहिर रहेका पुराना नेता–कार्यकर्तालाई पुनः एमालेमै फर्किन आह्वान गर्नुभएको छ । शुक्रबार उहाँले जारी गर्नुभएको आह्वानपत्रमा लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र समृद्ध नेपालको यात्रामा पुनः एकताबद्ध हुन सबैलाई आग्रह गर्नुभएको हो।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ जिल्लाको सदरमुकाम बेशीसहर बजारस्थित घरमा गएराति भएको ढुंगा प्रहार घटनामा संलग्न तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङले सिसीटिभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) लगायत दलसँग एकता गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी २०८२ फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकार सम्झौताहीन तरिकाले अघि बढिरहेको बताउनुभएको छ।
खराब मौसमको कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान पूर्णरुपमा अवरुद्ध भएको छ।
धवलागिरि चक्रीय पदमार्गमा ट्रेकिङको बेला हिडन भ्याली इलाकामा फसेका तीन बेलायती सहित १५ जना पर्यटकहरूलाई शुक्रबार नेपाली सेनाले उद्धार गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले नयाँ पुस्ताले पुराना उपलब्धिलाई ग्रहण गर्दै देशको राजनीतिक र आर्थिक जगलाई थप बलियो बनाउन अघि बढ्नुपर्ने राय व्यक्त गर्नुभएको छ ।
बाजुराको बुढीगङ्गा नगरपालिका– ७ झाली बर्थिङ्ग सेन्टरमा कार्यरत बिनिता विष्टले बाटोमै सुत्केरी सेवा दिएर आमा र छोरालाई बचाउँनु भएको छ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले भारी वर्षा भइरहेकाले उच्च हिमाली क्षेत्रमा मौसम सफा नभएसम्म पदयात्राका लागि नजान अनुरोध गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनुहुने भएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लबले आधुनिक उपकरण उपलब्ध गराएपछि नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित धौलागिरि आँखा अस्पताल बागलुङलाई आँखाको उपचारमा राहत मिलेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गत भदौं २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा भएका अपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन जरुरी भएको बताउनुभएको छ ।