काठमाडौँ, फागुन १८ गते । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपियाँ २७ पैसा र बिक्रीदर १४५ रुपियाँ ८७ पैसा तोकिएको छ ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ६२ पैसा र बिक्रीदर १७२ रुपियाँ ३३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपियाँ ९० पैसा र बिक्रीदर १९६ रुपियाँ ७१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपियाँ ९४ पैसा र बिक्रीदर १८९ रुपियाँ ७२ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपियाँ ३७ पैसा र बिक्रीदर १०३ रुपियाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ४७ पैसा र बिक्रीदर १०६ रुपियाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ ८४ पैसा र बिक्रीदर ११५ रुपियाँ ३१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ३१ पैसा र बिक्रीदर नौ रुपियाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ १८ पैसा र बिक्रीदर २१ रुपियाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ७३ पैसा र बिक्रीदर ३८ रुपियाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ८५ पैसा र बिक्रीदर ४० रुपियाँ ०२ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६८ पैसा र बिक्रीदर चार रुपियाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ५५ पैसा र बिक्रीदर ३९ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ३३ पैसा र बिक्रीदर ३७ रुपियाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०९ पैसा र बिक्रीदर १० रुपियाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ०९ पैसा र बिक्रीदर १६ रुपियाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ९७ पैसा र बिक्रीदर २३ रुपियाँ ०६ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५७ पैसा र बिक्रीदर १८ रुपियाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपियाँ ५२ पैसा र बिक्रीदर ४७७ रुपियाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपियाँ २९ पैसा र बिक्रीदर ३८६ रुपियाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपियाँ ८२ पैसा र बिक्रीदर ३७९ रुपियाँ ३८ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस