दाङमा प्रहरीले एक महिनाको अवधिमा ४१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट भएको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन गरिएको विशेष अभियानअन्तर्गत दाङमा प्रहरीले असोज १६ देखि कात्तिकको १४ गतेसम्म ४१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
झापाको बर्तिामोडमा तास खेलिरहेको अवस्थामा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका वडा ४ पश्चिम स्टेन्ड नजिकको एक घरबाट उनीहरुलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले देशभर पानी पर्ने पूर्वानुमान भएपछि शनिवारदेखि झापाको शिवसताक्षीमा सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको कार्यक्रम सरेको छ ।
न्युन चापीय प्रणाली मोन्था चक्रवातको प्रभावका कारण तीन दिनदेखि जारी वर्षाका कारण आएको पहिरोले अवरुद्ध मध्यपहाडी राजमार्गको पाँचथर खण्ड सञ्चालनमा आएको छ ।
भेरी अस्पताल नेपालगन्जले मिर्गौलापीडितका लागि थप चार वटा डायलाइसिस मेसिन सञ्चालनमा ल्याएपछि बिरामीहरुलाई डायलाइसिसका लागि लामो समय पालो कुर्नुपर्ने समस्याबाट राहत मिलेको छ ।
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका –६ पाँडीबासीको घरकै आँगनमा सिँचाइ कुलो निर्माण भएपछि उनीहरुको मुहारमा खुसी छाएको छ ।
मुस्ताङमा छाडा छोडिएका सामूदायिक कुकुरले स्थानीय र पर्यटकलाई दुःख दिन थालेपछि पाँचवटै स्थानीय तहमा नियन्त्रणका लागि बन्ध्याकरण थालेको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ । लमजुङ सदरमुकाम बेसीसहरस्थित पाण्डेको घरमा विहीबार राति करिब १२ बजेको समयमा ढुङ्गा प्रहार भएको हो ।
पूर्ब–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोटमा बस र तेल बोक्ने ट्याङ्कर एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
काठमाडौँ महानगरपालिकाले फोहरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध भएकाले फोहरमैला घरबाट ननिकाल्न नगरवासीलाई अनुरोध गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि छ लाख ६० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि चयन हुने छन् ।
छापाखाना र प्रकाशनसम्बन्धी (दोस्रो संशोधन) नियमावली स्वीकृत गर्दै सरकारले विभागबाटै अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था मिलाएको हो ।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ ।
सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गर्नु भएको सत्तारूढ फेउ थाई पार्टी ले शुक्रबार नयाँ नेतृत्व चयन गरेको छ ।