मुक्त कमलरीले कमलरी मुक्त घोषणा गरिएको १२ वर्ष बित्दा पनि अहिलेसम्म परिचयपत्र पाउन नसकेको गुनासो गरेका छन् । मुक्त कमलरी विकास मञ्चद्वारा आयोजित प्रदेशस्तरीय संवाद कार्यक्रमका वक्ताले यस्तो गुनासो गरेका हुन् ।
यति बेला बागलुङको निसीखोला गाउँपालिका–६ भिबाङमा बारीभरि चर्दै गरेका गाईगोरु, भैँसी र सेताम्य भेडाका भेटिन्छन् । छेउमै बसेर गन्थनमन्थन गर्दै हुन्छन् गोठाला ।
जिल्लामा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा ३१७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।
लुम्बिनी प्रदेश सभाले जनमत पार्टीका तर्फबाट रिक्त रहेको समानुपातिक सदस्यमा निलम पासवानलाई नियुक्त गरेको छ ।
वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापाको स्वर तथा लय र वरिष्ठ संगीत सर्जक रामहरि गुरुङको शब्द रहेको चरी बनि उडुँला बोलको गीतको अडियो तथा म्युजिक भिडियो हालै युटुबमा सार्वजनिक भएको छ।
पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरू चिन्तित भएका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषकहरू चिन्तित भएका हुन् ।
गायक सुरज कुमार थापाको स्वर तथा संगीत–संयोजन रहेको देशभक्ति गीत ‘देश गाएर मर्छु’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार एवं कवि क्षेत्र प्रताप अधिकारीको रचना, वरिष्ठ संगीतकार निर्माण गुरुङले संगीत दिनुभएको छ ।
भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य सेवाको अभावका कारण बाजुराका आमाहरू अझै पनि बाटोमै बच्चा जन्माउन बाध्य छन् ।
मलेशिया नेपाली श्रमिकका लागि अझै पनि आकर्षक रोजगारी गन्तव्यका रूपमा परिचित छ । हाल करिब पाँच लाख नेपाली मलेशियामा विभिन्न क्षेत्रका काममा संलग्न छन् ।
बागलुङ नगरपालिका वडा नं. ४ को निरयघाटमा निर्माणाधिन मानवसेवा आश्रम बागलुङको भवनका लागि सहयोग जुट्ने क्रम बढ्दै गएको छ ।
कृषि उत्पादन क्रमशः ह्रास हुँदै गएको छ । कृषि पेसाप्रति उत्साह जगाउन तिनै तहका सरकार लाग्नु पर्छ । उत्पादन बढाउन कृषि क्षेत्रमा बजेट वृद्धि गर्नु आवश्यक छ । धेरै जसो खेतबारी बाँझै छ । बाँझिने क्रम बढ्दो छ । जति उत्पादन हुँदै आए
म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
दोलखाको वैतेश्वर गाउँपालिका–३ मिर्गेको जैंनालु र दोभान क्षेत्रबाट मात्र वार्षिक एक करोड ५० लाख रुपियाँ बराबरको अलैँची निर्यात हुँदै आएको छ । यस वर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् ।
मानसिक स्वास्थ्यमा ‘ओब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ (ओसिडी) एउटा जटिल मानसिक रोग हो ।