मध्यपुर नगरका प्रमुख जात्रामध्ये जेष्ठ शुक्ल षष्ठीका दिन मनाइने लोकेश्वर जात्रा पनि हो ।‘सिठि’ का दिन जात्रा गर्ने देवता भएकाले स्थानीयले लोकेश्वर ‘सिठिनखः द्यो’ पनि भन्ने गर्छन् । उक्त लोकेश्वर देवतालाई पद्यपाणी लोकेश्वर (लोकनाथ) ‘लुकना द्यो’ पनि भन्ने गरिन्छ । लोकनाथको छोटकरीमा स्थानीय जनजिब्रोले ‘लुकना द्यो’ भन्ने गरिएको पनि हुन सक्छ ।
साहित्यकार तथा कलाकार भनेका देशलाई नै चिनाउने व्यक्तित्व हुन् । कला तथा साहित्यका मा
उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकको उद्धार गरिएको छ ।
मुगुमा उत्साहजनक रुपमा मतदाता नामावलीमा नाम दर्ताको कार्य अगाडि नबढेको पाइएको छ । सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेपनि जिल्लामाको निर्वाचन कार्यालयमा सेवाग्राहीहरुले उत्साहकजनक रुपमा मतदाता नामावलीमा नाम दर्ता नगराइएको पाइएको हो ।
कैलालीको भजनी नगरपालिकाले ताल र पोखरी ठेक्का लिएका ठेकेदारले ठेक्का अवधि सकिएको लामो समय भइसक्दासमेत ठेक्का रकम बुझाउन अटेरी गरेका छन् । नगरपालिकाको मुख्य आम्दानीको स्रोतका रूपमा रहेका ताल ठेक्काको रकम नउठ्दा विकासको काम प्रभावित भएको गाउँपालिकाले जनाएको छ । सम्झौता अनुसार ठेक्का रकम बुझाउन आउनुको साटो ठेकेदारका तर्फबाट अदालतमा विभिन्न मुद्दामामिला गरेर उल्टै गाउँपालिकालाई नै अनेक उल्झनमा पार्ने काम भएको नगरप्रमुख केवल चौधरीले बताउनुभयो ।
नर्सको सेवा सुविधाको सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित समितिले बिहीबार वीरेन्द्रनगरमा सञ्चालन भएका निजी अस्पतालको अनुगमन गरेको छ । सङ्घका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली प्रदेश अस्पतालका नर्सिङ निर्देशक शकुन्तला सापकोटाको संयोजकत्वमा गठित सो समितिले वीरेन्द्रनगरका कर्णाली केयर, माया नर्सिङ होम, देउती नर्सिङ होम र सुर्खेत अस्पतालको अनुगमन गरेको छ । अनुगमनका क्रममा निजी अस्पतालमा कार्यरत नर्सले न्यून पारिश्रमिकमा काम गर्नु परेको, करारपत्र नदिइएको, थोरै कर्मचारीबाट अस्पताल सञ्चालन भएका जस्ता विषय पाइएको समितिका संयोजक सापकोटाले बताउनुभयो ।
बिहीबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसी आवतजावत बन्द हुँदा बिपी राजमार्गको प्रवेश विन्दु बर्दीबास सुनसान बनेको छ । शुक्रबार बिहानदेखि बिपी राजमार्ग अवरुद्ध हुँदा केही सवारीसाधन हेटौँडाको घुमाउरो बाटो प्रयोग गरेका छन् भने सयौँ सवारीसाधन र यात्रु बाटो खुल्ने प्रतीक्षामा छन् । यद्यपि पानी पर्न नरोकिएकाले तत्काल बाटो खुल्ने सम्भावना कम देखिन्छ ।
दसैँ तिहार सकिएसँगै बाजुराका अधिकाशं गाउँ बस्ती पनि खाली हुन थालेका छन् । भारतको नौकरी गर्दै आएका यहाँका स्थानीय दसैँ तिहार मनाउँन घर आएकाहरु दसैँ तिहार सकिएसँगै फेरि नौकरी गर्न भारतमा जान सुरु गरेपछि यहाँका गाउँ बस्ती पनि दिनानु दिन खाली हुँदै गएका हुन् ।
ऋषिकेश मन्दिरको रथयात्राका लागि तानसेन नगरपालिकाले कात्तिक १६ गते सार्वजनिक बिदा दिएको छ । सो दिन तानसेन–१४ रिडी धामस्थित ऋषिकेश मन्दिरको रथयात्रा गरिने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व लमजुङका विभिन्न स्थानमा धुमधामले मनाइँदै छ । हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको शनिबार विवाह गरी मनाइने धार्मिक प्रचलन छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तवा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
त्तरी गोरखाको मनास्लु क्षेत्र घुम्न गएकी विदेशी महिला पर्यटकलाई पहिरोले पुरेको छ । चुमनुब्री गाउँपालिका – ३ न्याकफेदीनिर झरेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभालाई पहिरोले पुरेको गाईड रमेश भट्टले जानकारी दिनुभयो ।
सडकको बिचमै हाइटेन्सन लाइनका कारण विद्युतीय दुर्घटनाको जोखिम बढिरहेका बेला बुटवलको कालिकानगरमा ‘मोनोपोल’ जडानको काम अन्तिम चरणमा पुगेको छ । ‘मोनोपोल’ जडानको काम सकिएपछि उक्त क्षेत्रमा विद्युतीय जोखिमको समस्या कम हुने छ भने सडक दुर्घटनामा समेत कमी आउने भएको छ । बुटवल उपमहानगरपालिका–११ स्थित कालिकापथको योगीकुटीदेखि होराइजन चोकसम्मको सडकखण्डमा प्रसारण लाइनको ‘मोनोपोल’ जडान कार्य अब अन्तिम चरणमा पुगेको हो । नेपाल विद्युत् प्राधिकरण
भोजपुरमा अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–३ का सरमान गिरी एक दशकभन्दा बढी समयदेखि चियाको व्यावसायिक खेती गर्दै स्थानीयस्तरमा उदाहरणीय बन्नु भएको छ ।