सरकारले काठमाडौँ उपत्यकाको सहरीकरणको ५० बर्से गुरुयोजना तयार गर्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यका सहरीकरणको गुरुयोजना तयार गरी सोहीबमोजिम योजना कार्यान्वयन अगाडि बढाइने बताउनुभयो ।
वर्षा र हिमपातका कारण गत सोमबारदेखि हिमाली जिल्लामा रोकिएका पर्यटकको उद्धार जारी छ । बाक्लो हिमपात र प्रतिकूल मौसमको कठिनाइका कारण म्याग्दी, मनाङ, मुस्ताङ, सोलुखुम्बु र गोरखा जिल्लाका माथिल्लो क्षेत्रमा रोकिएका पर्यटकको पाँचौँ दिन पनि उद्धार जारी रहेको हो ।
जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः सुधार हुँदैगएको र आइतबार थप सुधार हुने जनाएको छ ।
आन्दोलनरत नर्सका प्रतिनिधि र सरकारबिच सहमति भएको छ। नर्सहरूको माग सम्बोधन गर्न शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले सहमति गरेको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले 8जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले पोखराको सट्टा काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीको बैठक आह्वान गर्नुभएको छ। बैठक आइतबार दिउँसो ४ बजे बालुवाटारमा मुख्यमन्त्रीसँग बैठक गर्न लाग्नुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ।
भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका छन्। नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रूपमा परिचित एक हजार ८०० वर्ष पुरानो लिच्छवीकालीन ऐतिहासिक चाँगुनारायण मन्दिरको आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका हुन्।
लमजुङको मध्यनेपाल नगरपालिका–७ स्थित रामबजार र कास्कीको रूपा गाउँपालिका–१ स्थित स्यास्त्रीको बीच मादी नदीमा हरिबोधिनी एकादशीको अवसरमा आज तोरण तार्दै भक्तजन।
निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची सडक हिलाम्य बनेर यातायात सञ्चालनमा कठिनाइ भएपछि स्थानीय समस्यामा परेका हुन् ।
काठमाडौँ महानगरपालिका–३२ तिनकुनेस्थित सडकमा नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बाप्र ०२ ०५९ प ४८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक काभ्रे पनौती घर भएका ३३ वर्षीय नवराज पुरीको आज दिउँसो मृत्यु भएको हो।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले अबको केही दिनभित्रमा विभिन्न पार्टीसँग एकता गर्ने भएको छ।
हरिबोधनी एकादशीको उपलक्ष्यमा पोखराको सेती नदीमा भक्तजनहरुको घुइँचो लागेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेतासँग निर्वाचनका विषयमा परामर्श जारी राख्नुभएको छ। शनिबार उहाँले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्नुभएको हो।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ।
श्रीलङ्कामा कात्तिक १८ देखि २३ गतेसम्म आयोजना हुने काभा यु–१९ महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोलीका बिदाइ गरिएको छ ।