प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भेट गर्नुभएको छ। प्रधानमन्त्रीको निम्तापछि खतिवडाले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेट गर्नुभएको हो। प्रधानमन्त्रीसँग वर्तमान समसामयिक राजनीतिक विषयमा कुराकानी भएको खतिवडाले बताउनुभयो। भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन गर्न र विश्वासको मत दिन आग्रहसमेत गर्नुभएको थियो।
विभिन्न नाममा नेपाली तथा विदेशी नागरिकलाई समेत ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार छ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अछाम घर भई हाल काठमाडौँको चाबहिलमा बस्दै आएका पृथ्वीबहादुर शाह, अछाम घर भई चाबहिलमै बस्दै आएका विजयविक्रम शाह, जाजरकोट घर भई चाबहिल बस्दै आएका चक्रबहादुर खत्री, दोलखा घर भई बूढानीलकण्ठ बस्दै आएका अनुप खड्का, नवलपरासी (पश्चिम) घर भई बूढानीलकण्ठ बस्दै आएका रुकमाङ्गत काफ्ले र अछाम घर भई चन्द्रागिरि बस्दै आएका रङ्गबहादुर साउद रहेका छन्। उनीहरूलाई सिफल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो। विभिन्न नाममा १२ वटाभन्दा बढी कम्पनी खडा गरी शङ्कास्पद कारोबार गर्दै आएको पत्ता लागेपछि ठगी गरेको आशङ्कामा प्रहरीले उनीहरूको खोजी कार्य गरेको थियो। ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले पक्राउ परेकाहरूले दर्ता नगरी खडा गरेका विभिन्न कम्पनीबाट अवैध कारोबार गर्ने गरेको बताउनुभयो।
मोरङ जिल्लाको लक्ष्मी नारायण वेदविद्याश्रम गुरुकुल विराटनगर–११ पाञ्चालीमा शुक्रबार सामूहिक रुपमा भोजन गर्न बसेका बटुकहरु
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ ।
थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघ पर्वको पूर्व सन्ध्यामा घोराहीमा माघ महोत्सव सुरु भएको छ । थारु समुदायका परम्परागत, भेषभुषा संरक्षण तथा थारु परिकारको प्रचार प्रसारसँगै संरक्षणमा सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवको उदघाटन लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले गर्नुभयो ।
नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) का अगुवा नेताहरुले आदिबासी जनजातिको मागप्रति प्रमुख दलका नेताहरु गम्भीर नभएकाले पुनः आन्दोलनको आवश्यकता औल्याउनुभएको छ । महासंघको प्रथम संघीय परिषद बैठकको उदघाटनसत्रमा आज शुक्रबार यहाँ आयोजित कार्यक्रममा नेताहरुले सो कुरा बताउनुभएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीसहित नेताहरुसँग आन्तरिक छलफल गर्नुभएको छ । पार्टीको आन्तरिक कामकाजलाई चुस्त बनाउन तथा पार्टीले चाल्नुपर्ने आगामी कदम प्रभावकारी बनाउने विषयमा उहाँहरुबीच छलफल भएको हो ।
जैविक विविधताले महत्वपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडी तालमा दैनिकजसो लुटपात, कुटपीटका घटना बढ्दै गएपछि सुरक्षाका लागि प्रहरी बिट स्थापना गरिएको छ । करिब २६ सय हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी ताल वरपर सामुदायिक वन रहेको छ । पर्यटकीय क्षेत्रको रुपमा परिचित घोडाघोडी तालमा दिनप्रतिदिन घुम्न आउनेको संख्या बढेसँगै सो क्षेत्रमा दिउँसै लुटपातका घटना बढ्न थालेपछि स्थानीयले सुरक्षा व्यवस्थाको मागगर्दै आएका थिए ।
नेपाली हिन्दु संस्कारअनुसार छोराले बुबाआमाको काजक्रिया गर्ने चलन छ । पछिल्लो समय छोरीले पनि आफ्नो बुवाआमाको मृत्यु पश्चात काजक्रिया गर्न थालेको सुनिन्छ । तर श्रीमतीले आफ्नो श्रीमानको काजक्रिया गरेको घटना कमै सुनिन्छ । ओखलढुङ्गामा सिद्धिचरण नगरपालिका –१२ की ५८ वर्षीया सुमित्रादेवी श्रेष्ठले आफ्नो ५४ वर्षीय श्रीमान तिलकबहादुर श्रेष्ठकोे काजक्रिया गर्नुभएको छ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नु मानसिब नदेखिएको बताएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), मधेस प्रदेशले संसदीय दलको विधान संशोधन गर्ने भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार कुन ढङ्गले अघि बढ्छ त्यसको विश्लेषण गरेर मात्रै विश्वासको मतबारे निर्णय लिने बताउनुभएको छ।
व्याकुल माइलाले लेख्नु भएको ‘ओखलढुङ्गा सुन्दर’ गीत सार्वजनिक भएको छ ।
स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्षले आफूहरुलाई अधिकार सम्पन्न नबनाइएको भन्दै गुनासो गर्नुभएको छ।
बैंक तथा वित्तीय संस्थामा ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ।