सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको शुक्रबार बसेको बैठकले सिट बाँडफाँटको सम्बन्धमा साझा अवधारणा बनाउने भएको छ।
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १० गते। कलाकारहरू स्वतिका ढकाल, सज्जा चौलागाईं र ममता गुरुङले तीजका गीत गाउन थालेपछि गोरखापत्र संस्थानका महिला कर्मचारी लयमा लय मिलाउँदै कम्मर मर्काइ मकाई नाच्न थाल्नुभयो।कोरोना सङ्क्रमणका कारण विगत केही वर्षदेखि तीज कार्यक्रम नहुँदा महिला कर्मचारीबीच नै चिनजानसमेत गर्न कठिन थियो। यस पटक संस्थान व्यवस्थापनले तीजमा शुभकामना साटासाट गर्नका लागि प्रोत्साहित गरेपछि महिला कर्मचारीहरूको भेट जुरेको हो। महिला कर्मचारी छमछम नाच्न थालेपछि अथितिका रुपमा आमन्त्रित पुरुषले पनि नाचेर तीजको रमाइलोलाई अझ ऊर्जा थपेका थिए।कार्यक्रममा नेपाल आइडलमा उत्कृष्ट १० भित्र परेका कलाकारत्रय ढकाल, चौलागाई र गुरुङलाई संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्रको पहिलो अङ्क अंकित मायाको चिनो प्रदान गरेर सम्मानित गर्नुभयो।कार्यक्रमको सुरुमा सम्बोधन गर्नुहुँदै कार्यकारी अध्यक्ष सुवेदीले तीज रमाइलो पर्व मात्र नभएर महिलाको निष्ठा, समर्पण, धैर्य र साहससँग जोडिएको पर्व हो भन्नुभयो।यसैगरी, संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पूर्वीय मूल्य मान्यताका धेरै राम्रा सांस्कृतिक पक्ष रहेका र तीजमा आमा, दिदी, बहिनीलाई सम्मान दर्शाउने राम्रो परम्परा रहेको छ भन्नुभयो।संस्थानको प्रविधि विभागका निमित्त निर्देशक रेखादेवी श्रेष्ठको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा संस्थानमा कार्यरत ११२ जना महिला कर्मचारीबीच बल्ल भेट गर्ने मौका मिलेकोमा खुसी प्रकट गर्नुभयो ।राजा हिमालयले आफ्नी छोरी पार्वतीको विवाह विष्णु भगवानसँग गर्न लागेको थाहा पाएपछि पार्वतीले त्यसलाई अस्वीकार गरिन्। त्यति मात्र होइन शिवजी वरलाई पाउन पार्वतीले कठोर तपस्या गरी शिवजीसित विवाह भएको दिनको स्मरणमा हरितालिका तीज मनाउने प्रचलन छ।कलाकारत्रय स्वतिका ढकाल, सज्जा चौलागाईं र ममता गुरुङलाई संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्रको पहिलो अङ्क अंकित मायाको चिनो प्रदान गरेर सम्मानित गरेपछि सामूहिक तस्बिर । तस्बिर : केशब गुरुङ
नेकपा (एमाले) को केन्द्रीय कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौं समूह बनाइएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताउनुभएको छ। नेपाल उद्योग व्यापार महासंघ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा उहाँले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्ने बताउनुभयो।
त्रिपुरेश्वरमा रहेको राहदानी विभागले अण्डरग्राउण्डमा रहेको होल्डिङ एरियामा सेवाग्राहीका लागि पार्किङ खुला गर्ने भएको छ ।
नारद कोहारतौलिहवा, भदौ १० गते। कपिलवस्तुमा अज्ञात समूहले गोली हानेर एक जनाको हत्या गरेको छ। हत्या हुनेमा मायादेवी गाँउपालिका-६ मदरहवाका ५५ वर्षीय राम समुझ भन्ने घुरहु पासी रहेको प्रहरीले जनाएको छ। पासीलाई मायादेवी गाँउपालिका-५ को एक खाली घरमा गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ। अज्ञात समूहले पासीको बायाँ तिघ्रामा गोली हानेको छ । पासीको शव कपिलवस्तु अस्पताल तौलिहवामा पोस्टमर्टमका लागि राखिएको छ। गोलीहन्ने व्यक्ति फरर रहकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ५१५ जनाको कोरोना परीक्षण गर्दा ३२४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष साउदी अरेबिया र स्लोभाक गणतन्त्रका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ।
काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेण्टमा बनाइएका संरचना हटाएको छ।
मधेश प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई पाँच लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार मधेश सरकार मन्त्रिपरिषद् बैठकले निहारिकालाई सो आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो ।
काठमाडौं, भदौ १० गते। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार पनि दोहोरो अङ्कले ओरालो लागेको छ। लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ।यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७७ अङ्कले घटेर तीन सय ९१ दशमलव ७४ मा सिमित भएको छ। कूल दुई सय १३ कम्पनीका ३५ लाख ८८ हजार आठ सय ३३ कित्ता शेयर रु एक अर्ब २९ करोड ४८ लाख ३२ हजार आठ सय २० मूल्यमा खरिद बिक्री भए।कारोबार भएका १३ उपसमूहमध्ये जीवन बीमा उपसमूहको शेयर मूल्यमा मात्रै आज वृद्धि भएको छ। सो उपसमूहको शेयर ३४ दशमलव ११ अङ्कले उकालो लाग्यो।त्यस्तै बैंकिङ नौ दशमलव सात, व्यापार ३८ दशमलव ९१, होटल तथा पर्यटन चार दशमलव शून्य पाँच, विकास बैंक ४७ दशमलव ६९, जलविद्युत् ४० दशमलव ६६, वित्त ३३ दशमलव १७, निर्जीवन बीमा ५६ दशमलव ७९, उत्पादन ५४ दशमलव ६८, अन्य छ दशमलव ७५, लघुवित्त ४१ दशमलव ४१, सामूहिक लगानी कोष शून्य दशमलव शून्य एक र लगानी शून्य दशमलव ६९ अङ्कले ओरालो लाग्यो।शुक्रबारको कारोबारपछि बजार पूँजीकरण २८ खर्ब ९८ अर्ब २६ करोड छ लाख ४८ हजार एक सय १५ बराबर रहेको छ। नेप्सेका अनुसार कारोबारका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको छ करोड ६८ लाख ६१ हजार पाँच सय ४६ बराबरको कारोबार भयो।यस्तै रिडी हाइड्रोपावर पाँच करोड ८७ लाख १३ हजार दुई सय ८७, अरुण काबेली पावर कम्पनी चार करोड ७४ लाख १९ हजार सात सय ८७, राधी विद्युत् कम्पनी चार करोड २८ लाख ४१ हजार छ सय ८९ र नेपाल दूरसञ्चार कम्पनी तीन करोड ९० लाख ५७ हजार आठ सय ६४ बराबरको कारोबार भएर शीर्ष पाँचभित्र पर्न सफल भए।नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स कम्र्पोरेशन पाँच ९५, अप्पर हेवा खोला हाइड्रोपावर पाँच दशमलव ३८, एनआइसी एशिया ग्रोथ फण्ड दुई दशमलव ९८, मल्टीप्रपोज फाइनान्स कम्पनी दुई दशमलव ९८ र समिट लघुवित्तका लगानीकर्ताले एक दशमलव ९२ प्रतिशतले कमाएका छन्।त्यस्तै पञ्चकन्या माई हाइड्रोपावर चार दशमलव ८८, कालिका पावर कम्पनी चार दशमलव ३९, ग्रीन डेभलपमेन्ट बैंक तीन दशमलव ८४, रिलायन्स फाइनान्स तीन दशमलव ७९ र एनआइबीएल प्रगति फण्डका लगानीकर्ताले तीन दशमलव ६७ प्रतिशतले गुमाएका छन् । रासस
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताउनुभएको छ । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका भट्टराईले शुक्रवार पार्टीको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सो कुरा बताउनुभयो ।
भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायक स्थल ‘घाँसी कुवा’ संरक्षण गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्देशन दिनुभएको छ । पृथ्वीराजमार्ग विस्तारको क्रममा घाँसी कुवाको अस्तित्व सङ्कटमा परेपछि वरिष्ठ नेता पौडेलले सो निर्देशन दिनुभएको हो ।
जिल्लाभर कोरोना सङ्क्रमणका लक्षणसँग मिल्ने मौसमी रुघाखोकीमा बिरामी बढेका छन् । मौसम परिवर्तन हुनुु र चाडवाडमा स्थानीयले सावधानी अपनाउन नसकेको कारण यस्ता लक्षणका बिरामीको सङ्ख्यामा बृद्धि भएको चिकित्सकको भनाइ छ ।
नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने संकल्पकासाथ एमाले अघि बढ्ने बताउनुभएको छ । सचिव भट्टराईले चालू केन्द्रीय कमिटी बैठकले सो निर्वाचनमा बहुमत ल्याउने संकल्पसहितको सन्देश दिने दावी गर्नुभयो ।