मिस युनिभर्स नेपाल २०२२ का प्रतिस्पर्धीहरुले स्वीमसुट राउणमा प्रस्तुती प्रदर्शनी गरेका छन् ।
अहो ! कसरी तर्नु ? कालो नीलो रै’छ ! वैतरणी कसरी तर्नु ? लौन के गर्नु ? हे भोला ! उपाय के होला ? यसबाट कसरी मुक्त हुने होला ? अर्काे बाटो भए लामै भए नि बरु बिस्तारै हिँडेर भए पनि तर्ने थिएँ । कस्तो भयो नि ? लौन कोही छ यो बाटो हिँड्ने ? लौन प्रभु मलाई वैतरणी तारी दिनु प-यो । कोही छ यहाँ ?
राम र सीता दाजुबहिनी थिए । राम पढाइमा अलि कमजोर र सीता अलि तेज थिइन् । उनीहरू एउटै कक्षामा पढ्थे । उनीहरूको परिवार मध्यम वर्गीय थियो । आमा घरको काम गर्नुहुन्थ्यो, बुवा सामान्य जागिरे । घरमा बस्तुभाउ थिए । आमा असाध्यै मेहनती हुनुहुन्थ्यो । बुवाले पनि घरमा बसेको बेला आमालाई सघाउनु हुन्थ्यो । बारीमा फलफूल, तरकारी हुन्थे । गोठमा गाईबस्तु, खोरमा बाख्रा, कुखुरा आदि । कहिले कुखुरा, कहिले बाख्रा आदि बेचेर र बेलाबेलामा घरमा उब्जेको तरकारी, फलफूल आदि बिक्री गरेर उनीहरूको विद्यालयको शुल्क तिर्ने खर्च जुट्थ्यो । अर्थात् आमाकै मेहनतले उनीहरूको पढाइ खर्च चलेको थियो ।
नेपालका एक सय २५ जातिमध्ये कुमाल पनि एक हो, जसलाई आदिवासी/जनजातिमा सूचीकरण गरिएको छ। नेपालका अधिकांश जिल्लामा (केही हिमाली जिल्लाबाहेक) छरिएका कुमालको तनहुँ, लमजुङ, अर्घाखाँची, चितवन, धादिङ, पाल्पा, पर्वत, दोलखा, सङ्खुवासभा, नुवाकोट र गुल्मीमा बाक्लो बसोबास रहेको छ। नदी, घाटी र समथर मैदानमा यिनीहरूको बढी बसोबास छ। यसो हुनुमा माछा मार्ने कुमाल जातिको परम्परागत पेसाका कारण हुन सक्छ। वि.सं. २०६८ को जनगणनाअनुसार कुमालको जनसङ्ख्या एक लाख २१ हजार १९६ रहेको छ। जसमध्ये सहरी क्षेत्रमा १८ हजार ३५५ र ग्रामीण क्षेत्रमा एक लाख दुई हजार ८४१ जनाको बसोबास छ।
कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित छ लेन सडकको चौकमा छाडा चौपायामा मोटरसाइकल ठोक्किदा चालक र एक गाईको ज्यान गएको छ ।
नागरिक लगानी कोषले २०४८ साल माघ १ गतेदेखि कार्य सञ्चालन सुरु गरेको हो । कोषले ३१ वर्ष पूरा गरे पनि बीचमा नियमित नहुँदा अहिले २७औँ वार्षिक साधारण सभा भएको हो । कोषका उपलब्धि, पछिल्ला गतिविधि र आगामी योजनाबारे गोरखापत्रका विश्वास रेग्मीले कोषका कार्यकारी निर्देशक रमण नेपालसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
नेपाल र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने गरी बुधबारदेखि दुई देशका ऊर्जा सचिवस्तरीय विज्ञ समूहको बैठक हुने भएको छ । बैठकमा सहभागी हुन बङ्गलादेशका ऊर्जा विकास विभागका सचिव मो. हविबुर रहमान नेतृत्वको टोली नेपाल आइसकेको छ । नेपाल–बङ्गलादेश ऊर्जा क्षेत्रमा सहकार्यका लागि स्थापित संयन्त्रको चौथो संस्करणको यो बैठकमा नेपालको विद्युत् बङ्गलादेशमा बिक्री गर्ने र नेपालको जलविद्युत् विकासका लागि बङ्गलादेशको लगानी भिœयाउने विषयमा केन्द्रित रहने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व ऊर्जा सचिव सुशीलचन्द्र तिवारीले गर्नुहुनेछ ।
अग्रज लघुकथाकार अनिता तुलाधरलाई ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०७९’ प्रदान गरिएको छ। १४औँ लघुकथा दिवसका अवसरमा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले २१ हजार रुपियाँसहित उहाँलाई सम्मान गर्नुभयो।
ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिस (जिसिटिपि) का उच्च अधिकारीहरुले सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर नेपालको शान्ति प्रक्रियाबाट विश्वले सिक्न चाहेको बताएका छन् ।
नागरिकतामा अपमानजनक नाम भएका दैलेखका दुई जना व्यक्तिको नागरिकताको प्रमाणपत्र सच्चिएको छ । साबिक मेहेलतोली गाउँविकास समिति–६ (हाल भगवतीमाई गाउँपालिका–३) मेहेलतोलीका कविराम कामी र साबिक कट्टी गाविस–६ (हाल भगवतीमाई गाउँपालिका–५) का कर्णबहादुर कामीको नागरिकताको नयाँ प्रमाणपत्र जारी भएको छ ।
कैलालीको नदीमा दुर्लभ प्रजातिको घडियाल गोहीको सङ्ख्या बढेको पाइएको छ । घडियाल गोही अति सङ्कटापन्न सूचीमा रहेको छ । कर्णालीका सहायक नदी मोहना, पथरैया, काढा, कान्द्रामा विगतको तुलनामा खडियाल गोहीको सङ्ख्या बढेको स्थानीयले बताएका छन् । स्वच्छ पानीमा आहारबिहार गर्न रुचाउने घडियाल डल्फिन संरक्षित क्षेत्रमा मात्रै दुई दर्जनको हाराहारीमा देखापरेको स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गानाको दाबी छ ।
लुम्बिनी प्रदेश सरकारले दाङमा बनाउन थालेको प्रदेश सभा भवन निर्माणको काम सम्पन्न भएको छ। रङरोगनलगायतको काम भने बाँकी रहेको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत फेरबदलमा विवाद हुँदा भवन निर्माणमा केही समय ढिला भएको हो। भवनको काम सकिए पनि भित्री काम बाँकी छ। दुई वर्षअघि वाईबी इन्फ्रास्टक्चर एन्ड सप्लायर्सले निर्माण कम्पनीले निर्माण ठेक्का लिएको थियो।
तनहुँको एक सामुदायिक वनका पदाधिकारीमाथि आर्थिक हिनामिना गरेको आरोप लागेको छ । बन्दीपुर गाउँपालिका–६ मा रहेको बगरखोला सामुदायिक वनका पदाधिकारमाथि आफन्तलाई पैसा बाँडी आर्थिक हिनामिना गरेको आरोप लागेको हो। आर्थिक अनियमितता गरेकाले छानबिन गरी असुलउपर गर्न माग राखी उपभोक्ताले सोमबार डिभिजन वन कार्यालयमा उजुरी दर्ता गराएका छन्। आर्थिक वर्ष २०७४/७५ देखि समितिले हालसम्म उपभोक्ताले पटक–पटक आर्थिक हिसाब माग गर्दा समितिले दिन नसकेको उपभोक्ताको भनाइ छ।