कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरका १२४ भूमिहीन बादी परिवारले घरबासको लालपुर्जा प्राप्त गरेका छन् । पूर्वपश्चिम राजमार्गको दक्षिण र रानी जमरा कुलरिया सिँचाइको मूल नहरको उत्तरमा बसोबास गरिरहेका १७७ बादी परिवार मध्ये १२४ परिवारको हातमा मंगलबार लालपुर्जा पुगेको छ । छ परिवारका घरमूली बाहिर भएकाले पछि हस्तान्तरण गरिनेछ । लालपुर्जा पाउनेहरुले दश धुरदेखि एक कठ्ठासम्म पाएका छन् ।
प्रदेश सभा १ का सभामुख प्रदीपकुमार भण्डारीले स्थानीय तहले प्रदेश सरकारले बनाएका कानुनको कार्यान्वयन नगरेको बताउनुभएको छ । मङ्गलबार सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्नुहुँदै सभामुख भण्डारीले सो कुरा बताउनुभएको हो ।
जिल्लाको भेरीगंगा नगरपालिका–९ जहरेमा बेवारिसे शव फेला परेको छ । मंगलबार बिहानको समयमा शव फेला परेको हो ।
काठमाडौं, भदौ ७ गते । फिल्म ‘मिलन’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । टेक पौरखी राईले निर्देशन गर्नुभएको फिल्मको मंगलबार ‘फष्र्ट लुक्स’ सार्वजनिक गर्दै कार्तिक १८ गतेका लागि प्रदर्शन मिति तोकिएको हो । फिल्मको सार्वजनिक पोष्टरमा अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापा फिचर छन् । त्रिकोणात्मक प्रेम कथामा आधारित यस फिल्मको कथा पनि निर्देशक राईले नै लेख्नुभएको हो । फिल्ममा अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ । फिल्ममा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।फिल्मका निर्माता प्रविन थापा हुनुहुन्छ भने फिल्ममा राहुल राईको छायांकन रहेको छ । फिल्म किम्बे थापाले सम्पादन गर्नुभएको हो ।
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूर्व मुख्यसचिव लीलामणि पौडेयालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय भएको बताउनुभएको छ ।
बिमाको रकम दाबी गर्न दाङमा चालक र सहचालकले नै टिपरमा आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेस काफ्लेले टिपर धनीकै आग्रहमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले ट्रिपरमा आगजानी गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दिनहुँ देशको दक्ष जनशक्ति विदेश पलायन हुनु दुखद भएको बताउनु भएको छ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक विश्राम नलिने बताउनुभएको छ । भानु नगरपालिका–३ खहरेमा हालै आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेले भन्नुभयो, ‘‘मैले केही गर्न बाँकी छ राजनीतिक विश्राम लिने बेला भएको छैन ।’’
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो सङ्घीय तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताउनुभएको छ । उहाँले अहिले नै निश्चित भइनसकेको बताउँदै जोसँग पनि तालमेल वा सहकार्य गरेर जान सकिने सम्भावना रहेको उहाँको भनाइ थियो ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव आशिंक परेको छ । मंगलबार नेपाल बन्दको घोषणा गरेको भए पनि काठमाडौं उपत्यका र देशभर न्यून प्रभाव परेको हो ।
अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआइएचडब्ल्यू) ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २००० मा ११ हजार सात सयले मिर्गौला प्रतिस्थापन थेरापी लिएकामा सन् २०२० मा त्यो सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएर २७ हजार सात सय पुगेको थियो ।
सुडानमा अविरल वर्षा र बाढीबाट कम्तीमा पनि ८३ जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार यहाँ सोमबार रातिसम्म कम्तीमा पनि ८३ जनाको ज्यान गएको हो । यहाँका बाढी प्रभावित प्रान्त तथा क्षेत्रहरुका १८ हजार घर बगाएको बताइएको छ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पीडितलाई न्याय दिने गरी नआएको बताउनुभएको छ ।
विप्लव नेतृत्वको नेकपासहित चार राजनीतिक दलहरुले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवन जिल्लामा आंशिक रुपमा परेको छ । यहाँको मुख्य बजार क्षेत्रका पसलहरु बन्द छन् भने चितवन भएर चल्ने लामो र छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन भएका छैनन् ।
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा(कोइराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गर्नुभएको हो ।