भीमेश्वर नगरपालिकाले निर्माण सुरु गरेको कभर्ड हल दुई पटक म्याद थप गर्दासमेत निर्माण कार्य सन्तोषजनक रूपमा अगाडि बढ्न सकेको छैन। विभिन्न बहाना बनाउँदै निर्माण कम्पनी श्यामसुन्दर अभिषा जेभीले काम नगर्दा कभर्ड हल समयमा निर्माण पूरा हुन नसकेको हो।
नेपालमा उत्पादन भएको चिया चीन निर्यात हुने भएको छ । दुई देशका विदेशमन्त्रीस्तरीय समझदारीले नेपाली चिया चीन निर्यात हुने बाटो खुलेको हो । साउनको अन्तिम हप्ता परराष्ट्रमन्त्री नारायण खड्काले चीन भ्रमणका क्रममा चिनियाँ सरकारसँग चियाको विषयमा छलफल गर्नुभएको थियो । त्यस विषयमा नेपालबाट प्रस्ताव नै पेस गरिएको थियो । दुई देशको विदेशमन्त्रीको छलफलले चीनमा नेपाली चिया निर्यातको बाटो खुलेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भित्र अन्तर्घात र अनुशासन उल्लङ्घन गर्नेलाई निलम्बन र निष्कासन गर्न सिफारिस गरिएको छ । पार्टीले गठन गरेको छानबिन समितिले अन्तर्घात गर्नेलाई निष्कासन गर्नुपर्ने सिफारिस गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सबै स्थानीय तहमा औद्योगिक क्षेत्र बनाउनुपर्ने बताउनुभएको छ । नेपाल प्लाइउड उत्पादक सङ्घको २३औँ वार्षिक साधारण सभामा उहाँले सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न सङ्घीय र प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिनुभयो । स्थानीय तहको प्रस्तावमा सरकारले ग्राम स्थापनाका लागि कुल लगानीको ४० प्रतिशत रकम वा तीन करोड रुपियाँ उपलब्ध गराउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “औद्योगिक ग्राम स्थापना भएर पूर्ण क्षमतामा सञ्चालन भएमा गाउँमा नै रोजगारी, उत्पादन र औद्योगिक वातावरण सिर्जना हुनेछ ।”
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक संसदीय प्रक्रियामा अघि बढाइने भएको छ । सरोकारवालासँगको परामर्शपछि सरकारले विधेयकको प्रक्रिया अघि बढाउन लागेको हो । सरकारको तयारीअनुसार प्रतिनिधि सभाको सोमबारको बैठकमा विधेयक पेस गर्ने तयारी छ । विधेयक पेसलाई सोमबारको सम्भावित कार्यसूची बनाइएको छ ।
महिनावारी हुँदा छाउ गोठमा बस्नुपर्ने बाध्यताका समाचार बेलाबेलामा आउने गरेका छन् तर देउताको डरले गाउँघर नै छाडेर अर्कै गाउँको गोठमा बास बस्नुपर्ने बाध्यता छभन्दा पत्याउन गाह्रो पर्छ । बैतडीको मेलौली नगरपालिका–८, का पाँचवटा गाउँका महिला रजस्वला हुँदा गाउँ नै छाडेर जानुपर्ने अर्को गाउँमा रहेको छाउ गोठमा जानुपर्ने बाध्यता छ । बैतडीको मेलौली नगरपालिका–८, को विशालपुर क्षेत्रका बबैठा, बोराल, माणैं, रत्तोलार मुस्याल गाउँका महिला र किशोरी महिनावारी भएका बेला देउताको डरले घर छाडेर छिमेकी चौपाता र खैरानी गाउँको गोठमा बस्दै आएका छन् ।
कालिका भगवती मन्दिर बागलुङमा डेढ वर्षको अवधिमा एक तोला सुन र एक सय एक तोला चाँदी भेटीको रुपमा चढेको छ ।
कपिलबस्तुमा सिँचाइ गर्ने कुलोको विवादबाट एक जनाको मृत्यु भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले मिटरब्याज लिएर जनता ठग्नेहरुलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताउनुभएको छ ।
नेपाल खेलकुद महासंघ निर्वाचन केन्द्रित गतिविधमा सक्रिय हुने भएको छ। महासंघको केन्द्रीय कार्यालय बानेश्वर आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमका निर्णयहरु सार्वजनिक गरिएको छ।
गृहमन्त्री बालकृष्ण खाणले अनागरिकको जीवन बिताईरहेकाहरुलाई नागरिकता दिनका लागि सरकारले नागरिकता सम्बन्धि विधेयक ल्याउनु परेको बताउनुभएको छ ।
जिल्ला अस्पताल मुगुमा चार दिनदेखि उपचाररत गर्भवती महिलालाई जिल्ला अस्पताल मुगुका निमित्त कार्यालय प्रमुख उमेश गौतमले रगत दिएर जीवनदान गर्नुभएको छ । रगतको कमी भएर उपचारमा समस्या भएपछि सोरु गाउँपालिका २ की तुथा शाहीलाई गौतमले रगत दिनुभएको हो ।
आयोजक युरो स्कुलले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको छात्रामा सोमबार विजयी सुरुवात गरेको छ ।
सत्ता गठबन्धनको बैठकमा आगामी निर्वाचन सम्बन्धमा सिट बाँडफाँटबारे थप छलफल भएको छ ।
प्रहरीले नियन्त्रित लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । नियन्त्रित लागू औषधको अबैध कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले तीन जनालाई विभिन्न मिति र स्थानबाट पक्राउ गरेको हो ।