राष्ट्रपति विद्यादेवी भण्डारीसँग ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिसका प्रतिनिधिले भेटवार्ता गर्नुभएको छ।
नेपाल राष्ट्रिय बास्केटबल टोलीलाई लिनिङले खेल पोसाक प्रायोजन सहयोग गर्ने भएको छ । प्रायोजन सम्झौता पत्रमा मंगलबार नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भिम गुरुङ र लिनिङ नेपालका प्रमुख राजिन महर्जनले हस्ताक्षर गर्नुभयो ।
अभिनेता पूर्णविक्रम उर्फ पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी भदौको ८ र १५ गतेको लागि तोकिएको छ। नवलपुर जिल्ला अदालतमा भदौ ८ र तनहुँ जिल्ला अदालतमा १५ गतेका लागि पेशी तोकिएको तनहुँ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो।
सेप्टेम्बर २२ देखि कामठाडौंमा आयोजना हुने नेपाल प्रिमियर लिगका लागि जनकपुर रोयल्सले आन्तरिक तयारी सुरु गरेको छ । क्रिकेट संघ मधेश प्रदेशले सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी सहभागिता र तयारी बारे जानकारी दिएको हो ।
डडेल्धुराको समैजीमा विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्ने तयारी थालिएको छ । प्रारम्भिक चरणमा तीन पटकसम्म प्राविधिक अध्ययन गरिसकेपछि अब ईआईएको प्रक्रियामा लैजाने तयारी थालिएको हो ।
पोखरामा असोज ६ देखि ९ गतेसम्म आयोजना हुन लागेको तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा एक हजार खेलाडीको सहभागिता रहने भएको छ ।
धनुषाको ढल्केवरमा भेटिएको शङ्कास्पद वस्तु प्रहरीले हटाएको छ। मङ्लबार दिउँसो १ बजे ढल्केवर–जनकपुर सडक खण्डको मिथिला नगरपालिका–६, ढल्केवरस्थित बसही पुलमा राखिएको शंङ्कास्पद वस्तु प्रहरीले हटाएको हो।
प्रहरीले बर्दिवास १ स्थित पूर्वपश्चिम लोकमार्गबाट नियन्त्रित लागूऔषध गाँजासहित ओसारपसारमा सम्लग्न एकजनालाई पक्राउ गरेका छ । प्रहरीले करिव चा किलो तयारी गाँजासहित सर्लाही गोडैता ११ माधोपुरका २६ वर्षीय पिताम्बर साहलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौं, भदौ ७ गते। गोरखापत्र संस्थानद्वारा जयपृथ्वीबहादुर सिंहको जन्मजयन्ती मनाइएको छ। नेपाली समाजको ऐतिहासिक धरोहरका रुपमा प्रकाशित गोरखापत्र प्रकाशनको पृष्ठभूमिसँग उहाँको विशिष्ट योगदान जोडिएको छ। गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले राष्ट्रिय विभूति सिंहको संस्थान प्राङ्गणमा रहेको अर्ध कदको सालिकमा माल्यार्पण गर्नुभयो। संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले सिंहको सालिकमा माल्यार्पण गर्दै सम्मान प्रकट गर्नुभयो। यसैगरी संस्थान प्रकाशनका प्रमुख, विभागीय प्रमुख, पत्रकार तथा कर्मचारीले सालिकमा मल्यार्पण गरेर उहाँप्रति सम्मान प्रकट गर्नुभयो।जयपृथ्वीबहादुर सिंहको अर्ध कदको सालिकमा माल्यार्पण गर्नुहुँदै गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी । अर्थ विभाग प्रमुख यमप्रसाद कँडेलले गोरखापत्रको प्रकाशनमा सिंहको योगदान स्मरणीय रहेको उल्लेख गर्नुभयो। उहाँले हरेक वर्ष भदौ ७ गते मानवतावादी व्यक्तित्व सिंहको जन्म जयन्ती मनाउने गरिएको जानकारी गराउनुभयो। गोरखापत्रको ९८ औं तथा संस्थानको ३६ औं वार्षिकोत्सवको उपलक्ष्यमा वि.सं. २०५५ वैशाख २४ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गोरखापत्रका संस्थापक सिंहको सालिक अनावरण गर्नुभएको थियो।नेपालको एकीकरण पूर्व राजा रजौटालाई सम्मान स्वरुप मुख्तियारी दिने प्रचलन रहेअनुसार नै बझाङ्गी राजा शक्ति सिंहपछि २० सौं पुस्ताका राजा जयपृथ्वीबहादुर सिंह हुनुहुन्थ्यो। राणाकालमा शिक्षा र मानवताको चिराग बनेर उहाँले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सिंहद्वारा लिखित बालबालिकाका लागि ‘अक्षराङ्क’ नामक पुस्तकले १९५८ सालमा नेपाली समाजमा नयाँ क्रान्ति ल्याएको थियो। बालबालिकालाई नेपाली भाषाका माध्यमबाट प्रारम्भिक शिक्षा दिनुपर्छ भन्नेमा उहाँ लाग्नुभएको थियो। उहाँले ‘अक्षरमाला’, ‘पदार्थ तत्त्व विवेक’, ‘बालबोध-भाग १’, ‘जापानको इतिहास’, ‘शारीरिक शिक्षा दर्पण’, ‘श्रेस्ता दर्पण भाग १ र २’, ‘बालबोध’, ‘प्राकृत व्याकरण’, ‘भूगोलविद्या’, ‘अमानवतावाद सम्बन्धी ३ भोल्युम’, ‘द फ्ल्याग अफ पिस’ जस्ता दार्शनिक पुस्तक लेख्नुभएको छ। यी पुस्तकको अध्ययन गर्दा सिंह लेखनमा अब्बल रहेको प्रष्ट हुन्छ। व्यक््यद्यपि यस्ता उदार व्यक्तित्व सिंहलाई राणा शासनले सहन सकेन र देश निकाला गर्यो। फलस्वरुप, जीवनको अन्तिम कालमा भारतको निर्वासनमा रहँदा त्यहाँको ब्रिटिस कम्पनी सरकारले राजबन्दी बनाएर राखेकै अवस्थामा वि.सं. १९९७ असोज १ गते बेङलोरमा उहाँको निधन भयो। मृत्युपछि भने उहाँको योगदानको सम्झना हुन थालेको हो। मानवतावादी नेता सिंहको बुवा विक्रमबहादुर सिंह र आमा रुद्रकुमारीको कोखबाट वि. सं. १९३४ भदौ ७ गते जन्म भएको थियो।
पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ९४९ कोरोना परीक्षण गर्दा ६३४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
अफ्रिकी देश कङ्गोमा इबोला भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ एकजनामा सोमबार इबोला भाइरसको सङ्क्रमण भेटिएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले अपाङ्गता मैत्री समाज निर्माणका लागि तीनवटै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोेड दिनुभएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार सीबीएम नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लाइफ नेपालद्वारा जनकपुरधाममा उपमहानगरपालिकासहित धनुषा जिल्लाका तीनवटा पालिकामा सञ्चालन हुन लागेको समावेशी जलवायु उत्थानशील सामुदायिक विकास परियोजनाको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरका १२४ भूमिहीन बादी परिवारले घरबासको लालपुर्जा प्राप्त गरेका छन् । पूर्वपश्चिम राजमार्गको दक्षिण र रानी जमरा कुलरिया सिँचाइको मूल नहरको उत्तरमा बसोबास गरिरहेका १७७ बादी परिवार मध्ये १२४ परिवारको हातमा मंगलबार लालपुर्जा पुगेको छ । छ परिवारका घरमूली बाहिर भएकाले पछि हस्तान्तरण गरिनेछ । लालपुर्जा पाउनेहरुले दश धुरदेखि एक कठ्ठासम्म पाएका छन् ।
प्रदेश सभा १ का सभामुख प्रदीपकुमार भण्डारीले स्थानीय तहले प्रदेश सरकारले बनाएका कानुनको कार्यान्वयन नगरेको बताउनुभएको छ । मङ्गलबार सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्नुहुँदै सभामुख भण्डारीले सो कुरा बताउनुभएको हो ।
जिल्लाको भेरीगंगा नगरपालिका–९ जहरेमा बेवारिसे शव फेला परेको छ । मंगलबार बिहानको समयमा शव फेला परेको हो ।