ऊ घरभित्र आफ्ना बाआमालाई सम्झाउँदै थियो । बाहिरबाट होहल्ला गरेको सुनियो । उसले मनमनै सोच्यो, “अब छिमेकीलाई पनि सम्झाउनुपर्ने होला ।” उसले झ्यालबाट बाहिर चियायो । मूलगेट बाहिर छिमेकीको भिड जम्मा भइसकेको थियो । कसैले भनेको सुनियो, ‘हाम्रो टोलछिमेकमा यस्तो चाहिँ हुन्न दिन्नौँ है ।’ के हुन दिन्नौँ भनेको हो, त्यो बु
सहरहरू एकतमासका पट्यारलाग्दा हुन्छन् त्यहाँ न कोइली बास्छे न जुरेली नाच्छे न उन्यु फुल्छ
नबुझेको, नजानेको अहिले पनि लाग्दैन, बुझेको हैसियत रहेन कुनै सबुत प्रमाण छैन आफ्नो छाती चिर्नु बाहेक !
वर्तमान यति सङ्कुचित हुँदै छ कि मान्छेलाई जीवनयापन गर्न सहज छैन । दैनन्दिन जीवनका लागि लामो दौड गर्नुपर्ने अवस्था छ । अतः लामो कथा या उपन्यास पढेर बस्ने फुर्सद कसैलाई छैन । त्यसैले केही दशकयता छोटा कथा अर्थात् लघुकथाको लोकप्रियता बढ्दो छ । यसै सन्दर्भमा ललिता ‘दोषी’को लघुकथा सङ्ग्रह ‘महान् कविज्यू’ प्रकाशित भएको छ । मानवीय कुण्ठा, पीडा, विसङ्गति र जर्जर मानसिकता बोकेर बाँचेका पात्रहरू यस लघुकथाका प्रतिनिधि पात्र हुन् । लघुकथाभित्र काव्यात्मक प्रस्तुति दिएर साहित्यिक अन्तर्विधालाई समेट्ने कोसिस पनि उहाँले गर्नुभएको छ । यो प्रयोग गर्ने थोरै व्यक्तित्वमा उहाँ पनि पर्नु हुन्छ ।
नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
क्यानबेराको सडकमा बाटो काट्न लागेको थिएँ । जेब्राक्रसिङमा उभिएर मुन्टो बटारेर दायाँ–बायाँ आँखा ओछ्याएँ । अलिपर एउटा कार हुइँकिँदै आएको देखियो । सोचेँ, कार जाओस्, त्यसपछि बाटो काटुँला । कार जेब्राक्रसिङभन्दा केही पर झ्याप्पै रोकियो । एकछिन त कुनै भवितव्य परेछ कि भनेर झस्किएँ । कारचालकले मलाई जान इसारा गरे । आफ्नो नेपाली बानी अर्थात् सडकमा जेब्राक्रसिङको सङ्केत भए पनि गाडीकै अग्राधिकार हुन्छ भन्ने मान्यता मैले प्रस्तुत गर्दै उनलाई नै पहि
बैतडीमा विभिन्न शक्तिपीठ छन् । तिनमा निङ्गलाशैनी, त्रिपुरा (रैण्याशैनी), डिलाशैनी, पोटलाशैनी, फलङ्गाशैनी आदि मुख्य हुन् । यी शक्तिपीठ अथवा भगवतीको विभिन्न चाडमा विभिन्न किसिमले पूजाआजा गरिन्छ । ठुल्ठुलो जात्रा (जाँत) पनि यहाँ लाग्छ । बैतडीकी सात दिदीबहिनी भगवतीमध्ये निङ्गलाशैनीलाई जेठी मानिन्छ । यिनीहरूका अनेक कथा छन् । आ–आफ्नो क्षेत्र अनुसार यिनीहरूका अलौकिक शक्तिका गुणगान गरिन्छ । यस्तै, मेलौली भगवतीको महिमाबारे पनि टाढा–टाढासम्म चर्चा हुन्छ ।
आफ्नो जन्मथलो सबैलाई प्यारो लाग्छ । भनाइ नै छ, “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छ । अनेकौँ भोगविलास, सुखसुविधामा लट्ठ पर्दा पनि भुल्न नसकिने जन्मभूमि नै हो । नसा–नसामा जन्मस्थानको रगत सिञ्चन भएको हुनाले नै तत् स्थान खातिर नयन पग्लिने गर्दछ । मन, मुटु र मस्तिष्कमा हरपल नाभी गाडेको माटोको
मुस्ताङ र म्याग्दीमा आयोजनाको संरचना रहने गरी प्रस्ताव गरिएको १८० मेगावाट क्षमताको कालिगण्डकी गर्ज जलविद्युत आयोजना डेढ दशकपछि निर्माणको प्रक्रियालाई अगाडी बढाइएको छ ।
पुथाउत्तरगङ्गा गाउँपालिका–१४, देउखोलादेखि सिस्ने गाउँपालिका–२, नायगाड–पुथाउत्तरगङ्गा जामाबगर सडकखण्ड पाँच वर्षदेखि अलपत्र अवस्थामा छ। २०७५ साल असोजको पहिलो सातादेखि देउखोला–नायगाड–जामाबगर–त्रिवेणी सडकखण्डमा ट्र्याक खोल्ने काम सुरु गरिएको थियो। त्यस समयदेखि हालसम्म सात पटक म्याद थप गरिए पनि अहिलेसम्म सडकको ट्रयाक खोल्ने काम अलपत्र छ। ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) को बजेटमा पिएच शङ्करमाली जेभी निर्माण सेवाले सडक निर्माणको जिम्मा पाएको छ। ११.६ किलोमिटर यस सडकखण्डमा पहरा र चट्टान भएको तीन किलोमिटर क्षेत्रमा ट्र्याक खोल्ने काम चार वर्षदेखि अलपत्र पारिएको छ। यो ग्रामीण सडकखण्ड जिल्लाको उत्तर, दक्षिणलाई जोड्ने एक महत्त्वपूर्ण सडक रहेको छ। रुकुम पश्चिम हुँदै रुकुमपूर्वको देउखोलासम्म
यहाँस्थित नेपाल–भारत सीमापारि भारतीय क्षेत्रमा बसेर नेपाली र भारतीय नक्कली रुपियाँ छापेर नेपालतर्फ पठाउने काममा संलग्न पाँच जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ। भारतको बहराइच जिल्लाको रुपैडिहामा बसेर नेपाली र भारतीय नक्कली रुपियाँ छापेर नेपाल पठाउने गिरोहलाई नक्कली नेपाली र भारतीय नोट र छाप्ने मेसिनसहित बहराइच एटिएस र रुपैडिहा प्रहरीले पक्राउ गरेको हो।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका–६, कीर्तिपुरस्थित देउसत खोलामा झोलुङ्गे पुल निर्माण भएपछि आवतजावतमा स्थानीयलाई सहज भएको छ। बर्खायामको समयमा झोलुङ्गे पुल नहुँदा समस्या भोग्दै आएका चुहारका स्थानीय झोलुङ्गे पुल निर्माण भएपछि खुसी भएका छन्।
वीरेन्द्रनगर नगरपालिकाभित्रका स्वास्थ्यकर्मीले छ महिनादेखि तलबभत्ता पाएका छैनन्। समयमै तलब नपाएपछि उनीहरूले गुनासो गर्न थालेका छन्। समयमा रकम निकासा नहुँदा नगरपालिकामा कार्यरत ९० जना स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब भत्ता पाउन नसकेका हुन्। उनीहरूले गत मङ्सिरदेखि तलब भत्ता नपाएको गुनासो गरेका छन्।
विगत पाँच दशकभन्दा पहिले गाउँघरमा सरकारी कर्मचारीलगायत मानिस कुनै नयाँ गाउँमा पुग्दा बास बस्न र खाने ठाउँ प्राप्त गर्न निकै ठुलो समस्या थियो । नाता, साथीभाइ वा मित लगाएर भए पनि बासको बन्दोबस्त गर्नु पथ्र्यो । अहिलेको जस्तो रिसोर्ट, होटेल तथा लजलगायत घरवास कार्यव्रmमको प्रचलन थिएन ।
जडीबुटी तथा सुगन्धित वनस्पति स्रोतको उचित प्रवर्धनबाट मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने सम्भावना छ । भौगोलिक तथा जैविक हिसाबले निकै विविध मात्र नभई धनी हुँदाहुँदै पनि यहाँका प्राकृतिक स्रोतको समुचित उपयोग हुन नसकी उच्चतम प्रतिफल लिने सम्भावनाबाट निकै पछाडि परेका छौँ । जडीबुटी तथा सु