• ४ असार २०८१, मङ्गलबार

आगलागीका घाइतेमध्ये एकको ज्यान गयो, सातको उपचार हुँदै

blog

आगलागीमा परेर घाइते भएकाको आधारभुत अस्पताल राकमकर्णालीमा प्रथामिक उपचार गरिदै । तस्बिर : नेपाल प्रहरी

कमल शर्मा

दैलेख, वैशाख २८ गते । दैलेखको आठबिस नगरपालिका –६ माल्याको सामुदायिक वनमा लागेको आगलागीमा परेर घाइतेमध्ये एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सो नगरपालिकाका ३८ वर्षीय भैरे विक रहनुभएको भेरी अस्पताल नेपालगञ्जले जानकारी दिएको छ । 

आगलागीमा परेर घाइतेमध्ये आठबिस नगरपालिका –६ का ३८ वर्षीय भैरै बिक, ३६ वर्षीय मैना बिक, २८ वर्षीय पर्ज (प्रकाश) विक, वर्ष १८ को जौकला विक, वर्ष ५५ को मोतीराम विक, वर्ष १७ की छत्रा विक, वर्ष ४० को वसुन्धरा विक, वर्ष ३२ को नवीन विकलाई उपचारका लागी नेपालगञ्ज लगिएको छ । 

आगलागीमा परी सामान्य घाइते हुनुभएका वर्ष २९ को मिना विक, वर्ष २५ को जुना विकलाई आधारभूत अस्पताल राकमकर्णालीमा उपचार भइरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आठबिस नगरपालिका –४ को भेलतडीबाट वडा –६ राता जोडने गोरेटो बाटो खन्न गएका थिए । 

गोरेटो बाटो खन्ने काममा कामदारले काम गरिरहेका बेला सामुदायिक वनमा लागेको आगो देखेपछि आगलागीबाट बच्न ओडारमा जानेक्रममा आगोको लप्काले उहाँहरूलाई भेटाएरको थियो ।  

आठबिस नगरपालिकाकी उपप्रमुख कल्पना थापाले घाइतेहरूको नेपालगञ्जमा उपचार सम्भव नभएपछि नेपालगञ्जबाट चार जनालाई काठमाडौं रिफर गरिएको जानकारी दिनुभयो । वसुन्धरा विक, नवीन बिक, जैकला विक र मैना विकलाई हेलिकप्टरबाट काडमाडौं लगिएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएका भैरे विकको पोष्टमार्टम गरी परिवारलाई शव बुझाउने तयारी गरिएको छ । अन्य तीन जनाको भने नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।