• ४ असार २०८१, मङ्गलबार

ट्रेड युनियन कांग्रेस ताप्लेजुङ अध्यक्षमा कार्की

blog

नेपाल ट्रेड युनियन कांग्रेसका नवनिर्वाचित जिल्ला कार्य समिति । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, बैशाख २८ गते । नेपाल ट्रेड युनियन कांग्रेस ताप्लेजुङ अध्यक्षमा खगेन्द्रकुमार कार्की सर्वसम्मत चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न सातौँ जिल्ला अधिवेशनले कार्कीको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

कार्यसमितिको खुला उपाध्यक्षमा पृथ्वीनारायण गौतम, महिला उपाध्यक्षमा शान्ति मादेन, सेवा क्षेत्रतर्फ उपाध्यक्षमा पेम्बा शेर्पा, उत्पादन क्षेत्रतर्फ उपाध्यक्षमा दीपक यक्सो चयन हुनुभएको छ । यस्तै, कार्यसमिति सचिवमा फुर्वा शेर्पा, सहसचिवमा सुरेश निरौला र भीमशमसेर तुम्बाहाम्फे, कोषाध्यक्षमा कमला दुम्जन र सहकोषाध्यक्षमा तारा गुरुङ चयन हुनुभएको छ । 

यसैबीच, अधिवेशनले पूर्वअध्यक्ष गणेशबहादुर मगरलाई केन्द्रीय प्रतिनिधि, देउमाया ओझालाई प्रदेश प्रतिनिधि चयन गरेको छ ।