• १२ पुस २०८१, शुक्रबार

‘सिरहा अस्पतालको स्तरोन्नति गरिने’

blog

लहान समाचारदाता

लहान, वैशाख २६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सिरहा प्रादेशिक अस्पतालको स्तरोन्नति गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री यादवले प्रादेशिक अस्पताल सिरहामा सोमबार आयोजित सर्जिकल उपकरण हस्तान्तरण कार्यव्रmममा यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

काठमाडाँैस्थित हेल्पिङ्ग एन्ड हार्ट संस्थाले ८० लाख मूल्यको औजार उपकरण र सर्जिकल प्रदान गरेको हो । मुख्यमन्त्री यादवले अर्को आर्थिक वर्षमा यस अस्पताललाई दुई सय शøयाको नमुना अस्पताल बनाउन बजेट विनियोजन गर्ने बताउनुभयो ।

सिरहा प्रादेशिक अस्पताल र लहानमा रहेको प्रादेशिक अस्पतालको स्तरोन्नति गरेर जिल्लाबाहिर बिरामीलाई जानुपर्ने बाध्यताको अन्त्य गर्न प्रदेश सरकारले स्तरोन्नति गर्न लागेको मुख्यमन्त्री यादवले प्रष्ट पार्नुभयो । मुख्यमन्त्री यादवले थप्नुभयो, “प्रादेशिक अस्पताल सिरहामा भवनको कमी भए पनि स्तरीय सेवा सुविधा दिन अस्पताल सफल भइरहेको छ । यो प्रदेशको अन्य अस्पतालको लागि सिरहा अस्पताल प्रेरक बनेको छ ।” उहाँले मधेशको समृद्धि र विकासका लागि शिक्षा, स्वास्थ्य कृषि र पर्यटनको विकास एवं दाइजो प्रथा हटाउन सरकारले काम गर्ने बताउनुभयो । उहाँले सुशासन र शान्तिको प्रत्याभूति गराउन भ्रष्टाचारविरुद्ध खरो उत्रिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । प्रदेश सभा सदस्य राजकुमार गुप्ता, प्रमोदकुमार यादव र सिरहा नगरपालिका प्रमुख नवीनकुमार यादवले सिरहाको शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक न्यायबारे मुख्यमन्त्री यादवको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रदेश सभा सदस्य गुप्ताले सिरहाको लहानमा रहेको प्रादेशिक अस्पतालको अवस्था सन्तोषजनक नरहेकाले प्रादेशिक अस्पताल जस्तै सेवासुविधाका लागि प्रदेश सरकारको ध्यान केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “दाइजो प्रथाको कारण सिरहा जिल्लामा पनि महिला हिंसामा बढोत्तरी भइरहेको छ । सरकारी स्तरबाट दाइजो अन्त्य गर्न र किसानलाई राहत हुने कार्यक्रम ल्याउन आवश्यक छ ।”

सिरहा नगरप्रमुख नवीनकुमार यादवले सिरहामा रहेको सत्यनारायण सूर्यनारायण मोरबैता बहुमुखी क्याम्पसको शैक्षिक र भौतिक विकासका लागि र ग्रामीण भेगका किसानको जीवन उकास्न प्रदेश सरकाबाट नगरपालिकालाई सहयोग हुनुपर्ने माग राख्नुभयो । उहाँले सिरहा अस्पतालको विकासका लागि प्रदेश सरकारबाट भएको सहयोग सराहनीय रहेको बताउनुभयो ।