प्रतिनिधि सभा निर्वाचन पश्चात मतगणनाका लागि पाल्पाका दुवै निर्वाचन क्षेत्रमा गणना स्थल तयार गरिएको छ । तारजालीको घेराबार र सीसीटीभी क्यामेरा जडान सहितको मतगणना स्थल तयार गरिएको हो ।
प्रतिनिधि सभा निर्वाचनका लागि बिहीबार हुने मतदानको धनकुटामा सम्पूर्ण तयारी पूरा भएको छ ।
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
पाँचथरका तीन वटा मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी महिलालाई दिइएको छ ।
फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ ।
झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ ।
फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा गरिने भएको छ ।
आयातुल्ला अली खामेनीको अमेरिका र इजरायलको आक्रमणमा मृत्यु भएपछि इरानले नयाँ सर्वोच्च नेता नियुक्त गर्ने प्रक्रिया छिट्टै अघि बढाइरहेको छ । नेतृत्व विशेषज्ञ सभाका सदस्य अहमद खातमीले सरकारी टेलिभिजनलाई भन्नुभयो, “हामी सबै प्रयास गरिरहेका छौँ । ईश्वरको इच्छा भए, नेतालाई चाँडै नै नियुक्त गरिने छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल स्थगित भएको जनाएको छ ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले बुधबार इरानमा अमेरिकी-इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानुनसँग असङ्गत’ भएको उल्लेख गर्दै द्वन्द्वलाई तुरुन्त कम गर्न आह्वान गर्नु भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित काठमाडौँको तार्केश्वर नगरपालिका अन्तर्गत काठमाडौँ क्षेत्र नं ६ का मतदानस्थलको अनुगमन गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा मतदातालाई मतदानका लागि आकर्षित गर्न मतदान स्थलमा स्वागत ब्यानर झुन्ड्याइएको छ ।
श्रीलङ्काले इरानी “फ्रिगेट आइरिस डेना” जहाजमा मा सवार ३२ जना चालक दलका सदस्यलाई घाइते अवस्थामा उद्धार गरेको विदेश मन्त्री विजिथा हेराथले बताउनु भएको छ ।
नेपाली सेनासहितको संयुक्त गस्ती टोलीले वीरगन्ज महानगरपालिका–१६, इनर्वा क्षेत्रबाट विस्फोटक पदार्थसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४, हीरापानी नजिक बुधबार बस र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।