अस्ट्रेलियाको मेलबर्नमा मार्च ७ र ८ तारिख हुने १५औँ कँडेल मन्सल्टेन्सी कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ ।
लमजुङमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ ।
उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि चयन गर्ने घोषणा गरेको छ । सत्तारूढ वर्कस पार्टीको हालै सम्पन्न पाँच वर्षे महाधिवेशनलगत्तै सार्वजनिक गरिएको यस निर्णयले देशको राजनीतिक संरचना र शीर्ष नेतृत्वको औपचारिक भूमिकाबारे नयाँ चासो जन्माएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरि मतदान सुरक्षा पूर्ण रूपमा सुनिश्चित गरिएको जानकारी दिनुभएको छ ।
कोलकातास्थित इडेन गार्डेन्स मैदानमा राति ७:१५ बजे सुरु हुने खेलमा दक्षिण अफ्रिका आफ्नो अपराजित यात्रा कायम राख्दै फाइनलमा स्थान बनाउन चाहन्छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना तयारी पूरा गरिएको छ ।
दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणनास्थल तयार गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न ३० मतदान केन्द्र परिसरमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने भएको छ ।
घरेलु मैदानमा मङ्गलबार राति भएको दोस्रो लेगमा एट्लेटिको म्याड्रिडलाई ३–० गोलले हराए पनि बार्सिलोना बाहिरिएको हो ।
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, भयरहित र व्यवस्थित रूपमा सम्पन्न गराउन बाँके जिल्लामा सुरक्षा व्यवस्था कडा र प्रभावकारी बनाइएको छ ।
इजरायली विमानले पूर्वी लेबनानको बालबेक सहरको आवासीय भवनलाई लक्षित गरी आक्रमण गर्दा चार जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको जनाइएको छ । उद्धार टोलीले अझै पनि क्षेतिग्रस्त भवनको भग्नावशेष मुनि फसेका मानिसलाई निकाल्ने काम गरिरहेको लेबनानी राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।
बिहीबार हुने हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कर्मचारीहरू खटिनुपर्ने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले आफ्ना मुख्य सेवाहरू केही दिनका लागि स्थगित गरेको छ ।
अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण सुरक्षा प्रत्याभूति गरिएको बताउनुभएको छ।
बाँके जिल्लामा भोलि हुने निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको छ ।
काठमाडौँ उपत्यकाबाट गृहजिल्ला फर्केर मतदान गर्न जान खोज्ने मतदाताले सार्वजनिक सवारीसाधन नपाएको गुनासो गरेका छन्।