• २० फागुन २०८२, बुधबार

पूर्वी लेबनानको बालबेकमा इजरायली हवाई आक्रमण, चारको मृत्यु, छ जना घाइते

blog

बेरुत, फानुग २० गते । इजरायली विमानले पूर्वी लेबनानको बालबेक सहरको आवासीय भवनलाई लक्षित गरी आक्रमण गर्दा चार जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको जनाइएको छ । उद्धार टोलीले अझै पनि क्षेतिग्रस्त भवनको भग्नावशेष मुनि फसेका मानिसलाई निकाल्ने काम गरिरहेको लेबनानी राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

इजरायली सेनाले यस अघि नै लेबनानका बासिन्दाका लागि निकासी चेतावनी जारी गरेको थियो । यस अघि लेबनानको स्वास्थ्य मन्त्रालयले माउन्ट लेबनान गवर्नरेटको आरामौन र सादियातका क्षेत्रलाई लक्षित गरी गरेको इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएको घोषणा गरेको थियो । रासस/क्यूएनए