यति बेला सहरमा मात्रै होइन गाउँमा पनि चहलपहल बढेको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गर्नुभएको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले फागुन २० देखि फागुन २२ गतेसम्म उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने बताएको छ ।
नेपाल फर्किन चाहने नेपालीका लागि युएईको अबुधाबीस्थित नेपाली राजदूतावासले बुधबार नयाँ सूचना दिएको छ। मङ्गलबार बनाएको गुगल लिंकमा समस्या भएको भन्दै दूतावासले नयाँ सूचना सार्वजनिक गरेको हो।
मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ । देशको सबैभन्दा ठुलो तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आयातकर्ता पेट्रोनेट एलएनजीले केही अपरेसन अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य सेवा समन्वय गर्नका लागि सङ्घ र प्रदेशमा समन्वयकर्ता तोकेको छ ।
गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।
मतदान केन्द्र व्यवस्थापनमा नेपाल प्रहरी, निर्वाचन प्रहरी र आयोगका कर्मचारी सक्रिय रहेका छन् ।
इरानमा अमेरिका-इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको छ । पुनःप्रयोग गरिएका पुराना तस्बिर, भिडियो गेमका दृश्यलाई क्षेप्यास्त्र आक्रमणका रूपमा प्रस्तुत गरिएको सामग्री तथा कृत्रिम बौद्धिकता (एआई) बाट बनाइएका युद्ध दृश्यले सामाजिक सञ्जाल भरिएको छ ।
बाजुरामा फागुन २० गते राति १२ बजे देखि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको छ ।
अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश दिएको छ, भने साउदी अरब, साइप्रस र ओमानमा मिसन छोड्न अनुमति दिएको छ ।
लमजुङमा मतपेटिका राख्ने र मतगणना गर्ने स्थल तयार पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका राख्ने र मतगणना स्थल जिल्ला समन्वय समितिको सभाहलमा तयार पारेको हो ।
मध्यपूर्वमा जारी युद्ध पाँचौँ दिनमा प्रवेश गर्दा इरानले विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग होर्मुज जलडमरूमध्यमा ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेको छ । यसैबिच इजरायलले इरान र लेबनानमा नयाँ आक्रमण सुरु गरेको जनाएको छ, जसले क्षेत्रीय तनाव थप चर्किएको सङ्केत दिएको छ ।