• १ वैशाख २०८३, मङ्गलबार

निर्वाचन सुरक्षा तयारी पूरा भएको सुरक्षा समितिको निष्कर्ष

blog

केन्द्रीय सुरक्षा समितिको बैठक। तस्बिरः गृहमन्त्रीको निजी सचिवालय

काठमाडौँ, फागुन २० गते । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ । 

गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ लिइएको र सोही अनुरूप निर्वाचनको सुरक्षा तयारी पूरा भएको बैठकले निष्कर्ष निकालेको हो ।

बैठकले संवेदनशील क्षेत्रमा हेलिकाेप्टरबाट पेट्रोलिङ गर्ने, निर्वाचन विरोधी गतिविधि हुनसक्ने विषयमा सम्भावित सूचना सङ्कलन गर्ने, कानुन विपरितका गतिविधि भए–गरेको पाइएका कानुन बमोजिम तुरुन्त कारबाही गर्ने लगायतका निर्णय गरेको छ ।

यस्तै बैठकले निर्वाचनको सुरक्षा व्यवस्थापन चुस्त दुरुस्त बनाइएकाले सबैलाई भोलि हुने निर्वाचनमा ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान गर्ने निष्कर्ष समेत निकालेको छ ।

बैठकमा गृहमन्त्री अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू तथा गृहमन्त्रालयका उच्च अधिकारीको सहभागी रहेको थियो।