विनय कर्ण
कल्याणपुर (सप्तरी), बैशाख १ गते ।सप्तरी प्रहरीले लागुऔषधसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका वडा नम्बर २ हर्दिया टोलका १८ वर्षीय राजेश पासमान र सोही नगरपालिका वडा नम्बर ३ कनकपुरका १६ वर्षीय मन्दिप बिक रहनुभएको हो ।
सुरुङ्गा ३ लक्ष्मीपुरस्थित भित्री सडक खण्डमा सोमबार चेकजाँचका क्रममा भुसी महुलियाबाट लक्ष्मीपुर सिंहटोलतर्फ जाँदै गरेको स.७ प.१८०७ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक राजेशसँगै पछाडि सवार मन्दिप विकले बोकेको रातो प्लास्टिकको झोलाभित्रबाट करिब १५० ग्राम गाँजा र २४ पिस नाइट्राजेपाम ट्याब्लेट फेला परेको उहाँले बताउनुभयो ।
बरामद लागुऔषध तथा मोटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ