अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभियान एक महिनासम्म सञ्चालन हुनेछ र यस अन्तर्गत देशभर एक करोड ९० लाख बिरुवा रोप्ने लक्ष्य राखिएको छ ।
तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
सल्यान जिल्लामा प्रतिनिधि सभा सदस्य पदको निर्वाचन अन्तर्गत मतगणनास्थल निर्माण गरिएको छ ।
कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै एक उम्मेदवार विरुद्ध उजुरी परेको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।
टीकापुर नगरपालिका–१ स्थित खड्ग स्मृति माविका करिब नौ हजार मतदाताका लागि मत हाल्न तयारी गरिएको छ ।
फागुन २१ गते विहीवार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा सबै तयारी पूरा भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) को बुधबार निरीक्षण गर्नुभएको छ ।
निर्वाचन बिथोल्न सक्ने कुनै पनि किसिमका गतिविधिलाई लक्षित गर्दै पाँचथरमा सुरक्षा जाँचमा कडाइ गरिएको छ ।
निर्वाचन आयोगले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन आग्रह गरेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् ।
बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिले मध्यपूर्वको युद्वको क्रममा इरानी विद्यालयमा भएको हवाई आक्रमणलाई उजागर गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुपर्ने र थप क्षति हुन नहुने बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणका लागि अमेरिकी आधार प्रयोग गर्न अस्वीकार गरेको स्पेनसँगको व्यापार तोड्ने धम्की दिएपछि युरोपेली आयोगले बुधबार इयु आफ्नो हित र सदस्य राष्ट्र स्पेनको सुरक्षा र आर्थिक हितको रक्षा गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेको छ ।
प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका लागि मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूले तोकिएका मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ ।
मुस्ताङमा विहिबार हुने प्रतिनिधि सभा सदस्यका लागि जिल्लाभर मतदान केन्द्र तयार गरिएको छ । जिल्लाका पाँच स्थानीय तहमा ३९ मतदान केन्द्रमा खटिएका कर्मचारीले आवश्यक तयारी पूरा गरेका छन् ।