सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली चलचित्र क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको पहल गर्ने बताउनुभएको छ । चलचित्र विकास बोर्डले सोमबार आयोजना गरेको ‘सांस्कृतिक रूपान्तरण पुरस्कार–२०८२’ समारोहमा मन्त्री खरेलले चलचित्रको विकास, विस्तार र दिगोपनाका साथै चलचित्रकर्मीको बृहत्तर हितमा मन्त्रालयले नीतिगत र संरचनागत सुधारका लागि काम गर्ने छ भन्नुभयो ।
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरी आपराधिक उपद्रव गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
डेडिकेटेड र ट्रङ्क लाइन महसुलको प्रिमियम महसुल विवादमा रहेको शिवम् सिमेन्टले बक्यौताबापत निर्धारित पहिलो किस्ताको रकम भुक्तान गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पहिलो किस्ता तिरेपछि मकवानपुरको हेटौँडामा रहेको उद्योगमा विद्युत् लाइन पनि जडान भइसकेको जनाइएको छ ।
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती मङ्गलबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
जिल्लाको उत्तरी भेगमा पर्ने तिब्बतसँग जोडिएको मुगुको माथिल्लो मुगुमकार्मारोङ गाउँपालिका–२, मुगुगाउँमा रहेको मुगु भन्सार कार्यालयले यो आर्थिक वर्षको १६ दिनमा दुई लाख ५३ हजार राजस्व सङ्कलन गरेको छ ।
गुर्जा गाउँको शिरमा छ गुर्जा हिमाल । दुईहप्ता अघि परेको हिमपातका कारण गुर्जा हिमाल सेताम्मे भएको छ । गुर्जा हिमालको सुन्दरताले पर्यटकलाई यतिखेर लोभ्याइरहेको छ । गुर्जा हिमालको उचाई सात हजार एक सय ९३ मिटर छ ।
नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
डुम्रे–बेसीशहर–चामे सडकखण्ड दैनिक छ घण्टा अवरुद्ध भएको छ । भानु नगरपालिकाको तुरतुरे–चाम्बास खण्ड दैनिक छ घण्टा सोमबारदेखि मङ्सिर ५ गतेसम्म अबरुद्ध भएको हो ।
इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले विद्यमान फाइभजी राउटरभन्दा ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च डेटा क्षमताको राउटर प्रविधि सिक्सजी ल्याएको छ ।
एनसेलले ‘११:११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत मङ्गलबार एनसेल एपमार्फत दुई सय रुपियाँ वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकमध्ये ११ जनाले ११ दिन समयसीमा भएको ११ जिबी डेटा निःशुल्क पाउने कम्पनीले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन आवश्यक पहल गरिदिन हेलम्बु गाउँपालिकालाई आग्रह गर्नुभएको छ ।
निर्वाचन आयोगले तोकिएको समयमा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेको छ । आयोगले नेपालको संविधान र मौजुदा कानुनबमोजिम आगामी फागुन २१ गते निर्वाचन गराउन प्रतिबद्ध रहेको जनाएको हो ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६२ पैसा र बिक्रीदर १४२ रुपियाँ २२ पैसा निर्धारण गरिएको छ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्न सरकार, राजनीतिक दल र सरोकारवालाबिच समन्वय र सहकार्य हुनुपर्ने बताउनुभएको छ । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको गणेशमान सिंहको १११ औँ जन्मजयन्ती तथा जनआन्दोलन स्वर्णपदक वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्रले नेपालको एआई क्षेत्रका लागि ठुलो फड्को मारेको बताउनुभएको छ । मन्त्री खरेलले राष्ट्रिय एआई केन्द्रको सोमबार उद्घाटनका क्रममा उक्त कुरा बताउनुभएको हो ।