गोरखाको सिरानचोक गाउँपालिका अन्तर्गतको नेपानेगाउँमा अचेल घरहरूको मात्र गाउँ बन्न पुगेको छ । यो गाउँमा अब मानवीय हाँसो, बोलीचाली र जीवनको धड्कन हराउँदै गएको छ । बसाइँसराइको तीव्र लहरले गाउँका धेरै बासिन्दा सहर र विदेशतर्फ पलायन भएपछि नेपानेगाउँ क्रमशः मानवविहीन बस्तीमा रूपान्तरण हुँदै छ ।
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नियुक्त गर्नुभएको छ ।
सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै देशभर मतदाता नामावली सङ्कलन कार्यले तीव्रता पाएको छ । जिल्ला निर्वाचन कार्यालयहरूमा नाम दर्ता गराउने, मतदान केन्द्र परिवर्तन गर्ने र विवरण सच्याउने सेवाग्राहीहरूको घुइँचो लागिरहेको छ ।
लामो समयदेखि उखु खेतीमा निर्भर रहेका पश्चिम नवलपरासीका हजारौँ किसानहरू गम्भीर आर्थिक सङ्कटमा परेका छन् ।
गोरखाको बारपाक – लाप्राक सडक दुई दिनका लागि बन्द हुने भएको छ । बारपाक सुलीकोट गाउँपालिका – १ र धार्चे गाउँपालिका – ४ लाप्राक सडक खण्डमा निर्माण तथा मर्मत कार्य गर्नु पर्ने भएकाले बारपाक सुलीकोट गाउँपालिकाले सूचना जारी गर्दे कात्तिक २५ र २६ गते सडक बन्द रहने जनाएको छ ।
सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेसँगै देशभर मतदाता नामावली सङ्कलन कार्यले तीव्रता पाएको छ । जिल्ला निर्वाचन कार्यालयहरूमा नाम दर्ता गराउने, मतदान केन्द्र परिवर्तन गर्ने र विवरण सच्याउने सेवाग्राहीको घुइँचो लागिरहेको छ तर अनलाइन प्रणालीमा देखिएको समस्याका कारण युवापुस्ताले नाम दर्ता गर्न निकै सास्ती भोग्नु परेको छ । विराटनगरस्थित निर्वाचन कार्यालयमा आइतबार पुग्दा परिसरभरि
थारू समुदायको पहिचानको प्रतीकका रूपमा चिनिने ढकिया थारूका घरबाट हराउन थालेका छन् । थारू समुदायमा हरेक चाडपर्वदेखि विविध शुभकार्यसम्म अनिवार्य रूपमा प्रयोग हुने ढकियाको अभावका कारण पछिल्लो समय यसको प्रयोग हराउँदै गएको हो ।
लहान नगरपालिकाको पश्चिम उत्तर ग्रामीण भेगका स्थानीय महिलाहरुले बर्थिङ केन्द्रको माग गरेका छन् । नियमित पोषण प्याकेज वितरण गर्न जानु भएको लहान नगरप्रमुख महेशप्रसाद चौधरीसँग लहान वडा नम्बर २४ का सुत्केरी र गर्भवती महिलाहरुले यस्तो माग गरेका हुन् ।
चितवन र नवलपरासी जोड्ने नारायणी नदीमाथि नारायणगढमा निर्माण हुने नयाँ पुलको डिजाइन तयार गर्न दुई वर्ष पाँच महिना लागेको छ । एक वर्षमा डिजाइन सकेर तीन वर्ष
गुल्मीमा राहदानी वितरणमा ढिलाइ हुँदा सेवाग्राही मर्कामा पर्न थालेका छन् । विगतमा आवेदन दिएको १५ दिनभित्रै राहदानी जिल्ला प्रशासन कार्यालयमा आइपुग्थ्यो तर अहिले तीन महिना नाघिसक्दा पनि राहदानी नआउने समस्या देखिएको छ । कालीगण्डकी गाउँपालिका–१, हर्मीचौरका कृष्ण पाण्डेले भदौ २३ गते राहदानीका लागि आवेदन दिनुभएको थियो ।
बर्दियाको गुलरिया नगरपालिका अन्तर्गत पर्ने प्रसिद्ध पर्यटकीय स्थल कृष्णसार संरक्षण क्षेत्रमा प्रवेश गर्ने मुख्य सडक चार वर्ष बित्दा पनि निर्माण हुन सकेको छैन । निर्माण नहुँदा स्थानीय बासिन्दा र संरक्षण क्षेत्रमा पुग्ने पर्यटकले बर्सौंदेखि सास्ती भोगिरहेका छन् ।
कालीगण्डकी करिडोरको मालढुंगा–बलेवा खण्ड र मध्यपहाडी लोकमार्गको बागलुङ बिहुँ खण्डको काम अलपत्र पर्दा यात्रीले हैरानी खेपेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
दैलेखका एक निर्माण व्यवसायीले कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय पूर्वाधार विकास कार्यालय दैलेखबाट ठेक्का गरिएको ताराघाट खोला मोटरेबल पुल निर्धारित समयभन्दा आठ महिनाअगावै सम्पन्न गरेका छन् । मूल्य वृद्धि, दक्ष कामदारको अभावलगायतका कारण देखाउँदै सार्वजनिक पूर्वाधार निर्माणका लागि पेस्की लिने र तोकिएको समयमा निर्माण पूरा नगरी पटक पटक म्याद थप गर्दासमेत अलपत्र पार्ने क्रम बढ्दै गएको छ । दैलेखको नारायण नगरपालिका–महाबु गाउँपालिका जोड्ने गरी ताराघाट खोलामा पक्की पुल निर्माणको ठेक्का लिएको कन्स्ट्रक्सनले ठेक्का सम्झौताको आठ महिनाअगाडि नै काम सम्पन्न गरेको हो ।