गए राति मुगुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सब स्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु ५ त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो।
मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित नेचुङ भन्सार हुँदै कोरोला बोर्डर जाने सडकखण्डअन्तर्गत सेताम्मे हिउँले ढाकिएको सेल्फी पार्क र आसपासको क्षेत्र ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेसु डा. दिलिप साहमाथि हातपात र अस्पतालमा तोडफोड गर्ने चार जनामाथि आपराधिक उपद्रव मुद्दा चलाइएको छ।
‘हाम्रो हेल्थ’ नामक संस्थाले काठमाडौँ उपत्यकाका ४५ बढी विद्यालयका २२ हजार बढी विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार पारेको छ ।
न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ ।
धनगढीमा दुई दिनसम्म आयोजना भएको ट्यालेन्ट हन्टबाट उनीहरूलाई आफ्नो टिमका लागि सुदूरपश्चिम रोयल्सले छनोट गरेको हो । टयालेन्ट हन्टबाट हिक्मत महरा रोयल्सको आइकोनिक खेलाडीको रुपमा छनोट हुनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले दिल्ली विस्फोटप्रति दुःख व्यक्त गर्नुभएको छ । ट्वीटर (एक्स)मार्फत उहाँले विस्फोटप्रति दुःख व्यक्त गर्नुभएको हो ।
विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मुलुकका ७५३ वटै पालिकामा जनप्रदर्शनका कार्यक्रम सञ्चालन गरेको छ ।
गोरखा, कात्तिक २५ गते । गोरखाको बारपाक-लाप्राक सडकखण्ड स्तरोन्नतिका लागि मङ्गलवारदेखि सवारी आवागमन बन्द गरिएको छ । बारपाक सुलिकोट गाउँपालिकाको–१ बारपाक र धार्चे गाउँपालिका-४ लाप्राक जोड्ने सडक स्तरोन्नतिका लागि मङ्गलबार र बुधबार दुई दिन यातायात सञ्चालनमा रोक लगाइएको हो ।निर्माणाधीन सडकखण्डमा यातायात बन्द गरेर सडक निर्माण गर्न लागिएको धार्चे गाउँपालिका–४ का वडाध्यक्ष किसान गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुई दिनसम्म पूर्णरूपमा सवारीसाधनको आवागमन बन्द गरेर निर्माण कम्पनीले ‘ब्याक कटिङ’ तथा अन्य संरचना निर्माण गर्न लागेको छ ।”शर्मा÷विक्की जेभी निर्माण कम्पनीमार्फत सो सडक निर्माणको काम भइरहेको छ । तोकिएको अवधिमा बारपाक-लाप्राक सडक हुँदै सञ्चालन हुँदै आएका सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।गोरखाको पर्यटकीय गन्तव्यका रूपमा रहेको बारपाक र लाप्राक सडकखण्ड समयमा निर्माण सम्पन्न नहुँदा यात्रीहरूले सास्ती खेप्दै आउनुपरेको छ । सडक स्तरोन्नतिमा ढिलाइ भएकाले हरेक वर्ष बर्खाका बेला उक्त सडकखण्ड महिनौँसम्म अवरुद्ध हुने गरेको छ ।विसं २०७७ जेठमा ठेक्का सम्झौता गरी २०७९ जेठसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि सडक स्तरोन्नतिको काम अझैसम्म सम्पन्न हुनसकेको छैन ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले संविधानलाई लिकमा ल्याउन छोटो समयको लागि भए पनि संसद् पुनर्स्थापना हुनुपर्ने बताउनुभएको छ ।
जिल्लाभरका किसानको पशुमा खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने उद्देश्यका साथ खोप अभियान सुरु गरिएको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रले जनाएको छ ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा १७ हजार १३५ ‘मेट्रिकटन’ले कमी आएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा रैथाने बाली फापर भित्राएर जौ र उवा लगाउन तयारीमा स्थानीय कृषक । यसबर्ष कात्तिक महिनामा हिमपातले सुख्खा जमिनलाई चिस्यानका लागि राहत मिलेको भन्दै कृषक उत्साहित छन् । तस्बिरः हरिकृष्ण शर्मा
जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका कृषि शाखाले सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार करिब १० हजार ७२८ हेक्टर क्षेत्रमा रहेका धानबालीमा क्षति पुगेको हो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।