• २१ फागुन २०८२, बिहिबार

बर्दिवासमा पौने घण्टापछि सुरु भयो मतदान

blog

महोत्तरीका विभिन्न मतदानकेन्द्रमा बिहीबार मतदान गर्न सहभागी हुँदै मतदाता ।तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिवास, फागुन २१ गते ।
महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको कडा सुरक्षावीच विहिवार बिहान  निर्धारित समयमा मतदान सुरु भएको छ । सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक ढङ्गले निर्वाचन भइरहेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

जिल्लाभर २५८ मतदान स्थलका ५३६ मतदान केन्द्र छन् । दलहरुले प्रतिनिधि पठाउन ढिलो गर्दा केही स्थानमा भने आधादेखि पौने घण्टापछि मतदान सुरु भएको जनाइएको छ ।

महोत्तरीको ४ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा रहेका दलिय र स्वतन्त्र गरी १९ महिलासहित १२४ उम्मेदवारको भाग्यको फैसला गर्न अहिले मतदाता मतदानकेन्द्रमा लामवद्ध छन् ।