• २१ फागुन २०८२, बिहिबार

उम्मेदवार जनार्दन शर्माद्वारा मतदान

blog

प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले मतदाता गर्नुहुँदै । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुम पश्चिम, फागुन २१ गते ।
प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले मतदाता गर्नुभएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट उम्मेदवार बन्नुभएका शर्माले मुसिकोट नगरपालिका –५ स्थित यमुनानन्द नमुना मावि सेरीगाउँको ‘क’ केन्द्रबाट मतदान गर्नुभएको हो ।

मतदानपछि शर्माले आफ्नो जित सुनिश्चित भएको प्रतिक्रिया दिनुभएको छ । आजको मतदान उत्साहपूर्ण रहेको उहाँको भनाइ छ ।

शर्मा नेकपा माओवादी केन्द्रको उपसचिव हुनुहुन्थ्यो । माओवादी केन्द्र एकतामा गएपछि उहाँले प्रगतिशिल लोकतान्त्रिक पार्टी गठन गर्नुभएको थियो । नेपाल सरकारका पूर्वमन्त्री समेत रहनुभएका शर्माले पहिलो पटक गठन भएको प्रलोपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनभएको हो।