शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्तोष दहित
दाङ, फागुन २१ गते । दाङ क्षेत्र नम्बर २ का उम्मेदवार तथा नेकपा (एमाले) महासचिव शंकर पोखरेलले बिहीबार बिहान मतदान गर्नुभएको छ।
पोखरेलले दाङ निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१९ स्थित जनता विद्यापीठ मतदान केन्द्रमा बिहान ७ः२० बजे मतदान गर्नुभएको हो। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन आम मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्नुभयो।
जिल्लामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया अघि बढिरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । दाङको तीन निर्वाचन क्षेत्रमा १५९ मतदान स्थलअन्तर्गत ४८२ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेका छन् । प्रदेश निर्वाचन कार्यालयको अनुसार दाङमा कुल चार लाख ३१ हजार ६८६ मतदाता रहेका छन् ।