नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल बिहीबार बुटवल–८ स्थित सडक विभागको मतदान केन्द्रमा मतदान गर्नुहुँदै ।
नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल बिहीबार तुलसीपुर उपमहानगरपालिका-१९ स्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गर्नुहुँदै ।
काठमाडौँ,फागुन २१ गते । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत आम मतदाताहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दै भन्नुभएको छ, “आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु ।” प्रधानमन्त्री कार्कीले मतदाताको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण हुने उल्लेख गर्दै शान्तिपूर्ण निर्वाचनका लागि देखाउनुभएको संयम र समझदारीप्रति सम्पूर्ण मतदातामा आभार प्रकट गर्नुभएको छ । रासस
झापाका पाँचै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापा क्षेत्र नं.५ अन्तर्गत सुर्योदय निमाविस्थित मतदान केन्द्रमा मतदान गर्नुभएको छ।
काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-२ चपली मतदान केन्द्रमा बिहान मतदान गरेर फर्किनु हुँदै बुढानीलकण्ठ-२ का १०५ वर्षीय चन्द्रबहादुर खड्का । तस्बिरः विमलबहादुर विष्ट/रासस
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौँ निर्वाचन क्षेत्र नं १ अन्तर्गत वडा नं २९ को मिलन विद्या मन्दिरमा मतदान गर्नुभएको छ । यसैगरी, निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित महेन्द्र मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ भने अर्का निर्वाचन आयुक्त सगुनशम्शेर जबराले टोखा नगरपालिका–४ फैमाचुलीस्थित धापासी निमावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
धनकुटामा शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेको नेपालगन्जमा मतदान सुरु भएको छ। विभिन्न मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया सुरु भएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र अन्य एक गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गर्नुभएकोे छ । मतदान गर्नुअघि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ ।
उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
चितवनमा मतदान सुरु भएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेसँगै जिल्लामा मतदान प्रक्रिया औपचारिक रूपमा सुरु भएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा मतदान सुरु भएको छ । जिल्लाका १४४ मतदानस्थल र ३०९ मतदान केन्द्रमा मतदान सुरु भएको हो । निर्वाचन क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र १५३ मतदान केन्द्र तथा क्षेत्र नम्बर २ मा ७५ मतदानस्थल र १५६ मतदान केन्द्र कायम छन् । यहाँ दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले राससलाई जानकारी दिनुभयो ।
बिहीबार हुने निर्वाचनमा बागलुङका अधिकांश उम्मेदवारले आ–आफ्नो मतदान केन्द्रबाट मत खसाल्ने भएका छन्। एक जना उम्मेदवारले भने आफूलाई मतदान गर्न पाउने छैनन्।