नेपाली बजारमा मङ्गलबार एकैदिन सुनको मूल्यमा करिब चार हजार नौ सय रुपियाँले बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला चार हजार नौ सय रुपियाँले सुनको मूल्य बढेको हो ।
गोरखापत्रका पत्रकार प्रकृति अधिकारीलाई मातृशोक परेको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गरी अहिले देशैभर मतदाता नामावलीमा नाम दर्ता गराउने क्रम चलिरहेको छ
कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको बेदकोट नगरपालिका-२, दैजीस्थित शङ्कर इँटा भट्टा नजिक सडकको कल्भर्ट भित्र मङ्गलबार बिहान बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार छिमेकी तथा मित्रराष्ट्र भुटानको भ्रमणमा पुग्नुभएको छ । उहाँले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकसँग मिलेर विशाल पुनात्सङचु–२ जलविद्युत् परियोजनाको संयुक्त उद्घाटन गर्नुभएको छ । उक्त आयोजना भुटानकै सबैभन्दा ठुलोमध्ये एक हो ।
मालपोत कार्यालय लमजुङका प्रमुख रामचन्द्र अधिकारी निलम्बनमा परेसँगै कार्यालयले दिने सेवाका कामहरू प्रभावित भएका छन् ।
झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा दुई वटा मोटरसाइकल एकआपसमा जुध्दा एक जनाको मृत्यु भएको छ ।
यहाँको मोदी गाउँपालिका–६, दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोदी–६, दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या गरेका हुन् ।
बडिगाड गाउँपालिका–७ भिमगिठे भन्ने स्थानमा रहेको भिमगिठे स्वास्थ्यचौकीको भवन निर्माणका लागि चार करोड सात लाख बजेट उपलब्ध गराउने भारतीय राजदूतावास र बागलुङको बडिगाड गाउँपालिकाबिच सम्झौता भएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा लमजुङमा सरकारी कार्यालय र स्थानीय तहले गरी कुल २४ प्रतिशत बजेट खर्च गरेका छन् । चालु वर्षको साउनदेखि असोज मसान्तसम्म उक्त बजेट खर्च भएको हो ।
जिल्ला सदरमुकाम चामेमा अवस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मनाङले अब आफ्नै प्रशासकीय भवनबाट सेवा सञ्चालन सुरु गरेको छ ।
बालबालिकामा व्याधि प्रतिरोधक क्षमताको वृद्धि गरी सर्ने तथा नसर्ने विभिन्न रोगहरूबाट जोगाउन हेटौँडामा ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रम सञ्चालन गरिएको छ ।
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त हुनुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गर्नुभएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको १४०औं जन्मजयन्तीका अवसरमा महागुरुका सत्य, अहिंसा र नारी सम्मानका शिक्षालाई प्रदेशको नीति र व्यवहारमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रम सुरु गरिएको छ । एक वर्षदेखि पाँच वर्षसम्मका बालबालकलाई लक्षित गर्दै प्रदेश आयुर्वेद चिकित्सालय, दमौलीले मङ्गलबारबाट सुरु गरेको हो ।