जुम्लामा निर्माणाधीन बृहत् धौलिगाड खानेपानी आयोजनाको पहिलो प्याकेज निर्माण अलपत्र परेको छ । एक अर्ब २६ करोड लागतको आयोजना सुरु भएको पाँच वर्षमा पनि पहिलो प्याकेजको काम पूरा भएको छैन ।
चालु आर्थिक वर्षमा सम्झौता भई अघि बढ्नुपर्ने आयोजना ठेक्का प्रक्रियाका काम ठप्प भएका छन् । पूर्वी सुर्खेतमा निर्माणाधीन भेरीगङ्गा नयाँ सहर आयोजना पनि त्यसबाट प्रभावित बनेको छ ।
गए राति मुगुमा ट्याक्टर दुघटना हुँदा चालकको मृत्यु भएको छ । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।
राजविराज नगरपालिकामै रहेको एक विद्यालय १६ वर्षदेखि सौचालय बिनै सञ्चालनमा रहेको छ ।
स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रममा स्थानीय तहका स्वास्थ्य संस्थामा आपूर्ति हुने औषधीको गुणस्तरबारे गुनासो गरिएको छ । स्वास्थ्य संस्थाले निःशुल्क वितरण गर्ने सिटामोलले काम नगरेपछि बिरामी निजी मेडिकल धाउन बाध्य हुने गरेको समीक्षा कार्यक्रममा चर्चा गरिएको छ ।
राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध(हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको छ ।
१४ वर्षअघि सुरु भएको सेती राजमार्गको १४६ किलोमिटर सडक अझै ट्र्याक खोल्न बाँकी छ । कैलालीको टीकापुरदेखि बझाङको ताक्लाकोटसम्म ३५९ किलोमिटरमध्ये २१३ किलोमिटर सडकको मात्रै ट्र्याक खोलिएको छ । भारतीय बजार तिकुनिया नाकाबाट कैलालीको टीकापुर–ताक्लाकोट, बझाङ हुँदै चीनसम्म पुग्ने त्रिदेशीय मार्गले सुदूरपश्चिमको जीवनमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिए पनि निर्माणमा भएको ढिलाइले चिन्ता बढाइरहेको हो ।
स्वास्थ्यको क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरुको मूल्याङ्कनका आधारमा सर्लाहीको लालबन्दी नगरपालिका जिल्लामै प्रथम भएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महागुरु फाल्गुनन्द लिङ्देनले तयार पार्नुभएको ‘सत्यधर्म मुचुल्का’ आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
नेपाल भौगोलिक र उत्पादनमा विविधता भएको देश हो । हिमाल, पहाड र तराई/मधेशमा बेग्लाबेग्लै उत्पादन गरेर आयआर्जन र रोजगारी बढाउन सकिन्छ । हिमाली क्षेत्र पर्यटन तथा पदयात्राका लागि उपयुक्त छ ।
भदौ २३ र २४ गते नेपालमा जेनजीको सशक्त विरोधले विस्फोटको रूप लियो । आन्दोलन दक्षिण एसियामा नवीन भने थिएन । राजनीतिक विश्लेषकले ‘राजनीतिक सुनामी’ नाम दिएका जेनजीको आन्दोलन श्रीलङ्का र बङ्गलादेशमा सन् २०२२ देखि नै सुरु भएको थियो ।
गाउँमा प्राय देउँसीभैलो रमाइलो र वनभोज जाने पैसा जम्मा पार्न खेल्ने गरिन्छ । तर गुल्मीको मुसिकोट नगरपालिका–१ को देउसी भैलो समूहले तिहारमा खेलेको देउसी भैलोको रकमबाट सामाजिक कामको उदाहरण प्रस्तुत गरेको छ ।
जिल्ला निर्वाचन कार्यालयले यहाँस्थित मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय बैठक गरी मतदाता नामावली सङ्कलन, मनदान केन्द्र, निर्वाचन प्रक्रियालगायत विषयमा छलफल गरेको छ ।
हामीले बाँचेका प्रत्येक पल इतिहासमा दर्ज हुँदैन । वेगवान् समयको कुनै मोडमा नसोचेका यस्तो परिघटना आई पर्छ कि त्यो युगौँयुगसम्म बाँचिरहने अमर इतिहास बन्छ । गत भदौ २४ गतेको घटना त्यस्तै बनेको छ जुन अब संसारका लागि एक अमिट इतिहास बनेको छ ।