प्रधानमन्त्री सुशीला कार्कीले स्थानीय सरकारलाई आगामी निर्वाचनको तयारीमा अग्रपङ्तिमा रहने बताउँदै त्यसका लागि सबै तहबीच सुदृढ समन्वयको आवश्यकता औँल्याउनु भएको छ।
चलचित्र बिकास बोर्डले सोमबार एक विशेष समारोहको आयोजना गरी १५ जना सिनेकर्मीहरूलाई “सांस्कृतिक रूपान्तरण पुरस्कार” प्रदान गरेको छ । पुरस्कृतमध्ये बरिष्ठ अभिनेता शिव श्रेष्ठ, निर्माता–निर्देशक युवराज लामासहित ५ जना व्यक्तित्वहरू आदिवासी जनजाति समुदायबाट रहनुभएको छ ।
गत जेनजी आन्दोलनका क्रममा गम्भीर क्षति व्यहोरेको बाँकेको भूमिसुधार तथा मालपोत कार्यालयले पुनः आंशिक सेवा थालेको छ । जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी, तोडफोड र लुटपात हुँदा भौतिक संरचना र महत्वपूर्ण अभिलेखहरू जलेर नष्ट भएको थियो ।
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी कार्यालय तौलिहवाले सवारी साधनहरुको नम्बर प्लेट सुधार अभियान सञ्चालन गरेको छ ।
मानवसेवा आश्रमको भवन निर्माण र अक्षय कोषका लागि आयोजित श्रीमद भागत ज्ञानविज्ञान महायज्ञमा बागलुङ नगरपालिका –८ सिगानाबासीले संस्थागत रुपमा सहयोग गरेका छन् ।
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन मंसिर ८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो ।
बेनी नगरपालिका–३, भकिम्लीका लालबहादुर पुनले वैदेशिक रोजगारी त्यागेर स्वदेशमै कृषि कर्मलाई रोज्नु भएको छ । तीन वर्ष वैदेशिक रोजगारीमा रहेर फर्किनुभएका पुनलाई पछिल्लो पटक बेलायत (युके) जाने भिसा लागेको भए पनि उहाँले विदेश जानुको सट्टा गाउँमै बसेर कृषि व्यवसाय सुरु गर्नुभएको हो ।
मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफू नेपालको संविधान तथा प्रचलित कानुनबमोजिम नै मुख्यमन्त्रीमा नियुक्त भएको बताउनुभएको छ ।
मानव बेचबिखन विरुद्ध सक्रिय संस्था शान्ति पुनस्थापना गृह नेपालगन्जले गत आर्थिक वर्ष २०८१–८२ मा ४० जिल्लाका ३९५ जनाको उद्धार गरेको छ ।
गाईघाट कदमाहा सडक खण्डअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका –४, बगाहास्थित शान्तिचोकमा यात्रुवाहक विङ्गर दुर्घटना हुदाँ चालकसहित १२ जना यात्रुहरु घाइते भएका छन् ।
बङ्गलादेशसँगको मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ ।
मोरङको पथरीशनिश्चरे–३, स्थित महिला जागरुक हरिकीर्तन तथा सङ्गीनी समूहले हराउँदैगएको सांस्कृतिक धरोहर सङ्गीनी नाचलाई पुनर्जीवित गर्ने अभियान थालेको छ ।
राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ४३.६६ प्रतिशत मात्र रहेको छ ।
धुवाँको बाक्लो तहले सोमबार भारतको राजधानी नयाँदिल्लीलाई ढाकेको छ । प्रदूषणको स्तर तीव्ररूपमा बढ्दै गएपछि हावामा तीखो गन्ध भरिएको छ, जसले जनस्वास्थ्य सङ्कटलाई थप गम्भीर बनाएको छ ।
भारी हिमपात र अत्यधिक चिसो बढेसँगै उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका विद्यालय बेँसी झरेका छन् ।