• २० फागुन २०८२, बुधबार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्की बिच भेटर्वार्ता : निर्वाचनको तयारीबारे जानकारी

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्की । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ,  फागुन २० गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेटर्वार्ता गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले  जनाएको छ । 

भेटमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा ‘ब्रिफिङ’ गराउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन बिहीबार मुलुकभर एकसाथ हुँदैछ ।   निर्वाचन आयोगले मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।