• २० फागुन २०८२, बुधबार

निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ

blog

काठमाडौँ, फागुन २० गते ।  प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार निर्वाचन विरोधी अभिव्यक्ति दिने, भेला, जम्मा गर्ने, पर्चा, पम्पलेट बाँड्ने लगायतका गतिविधिमा सङ्लग्न व्यक्तिहरू पक्राउ परेका छन् । यसमध्ये सामाजिक सञ्जालको दुरुपयोग गर्ने ३४ जना पक्राउ परेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो,“३४ जनासामाजिक सञ्जालको दुरुपयोग गर्ने छन् । निर्वाचन विरोधी गतिविधि गर्ने, भेला, जम्मा हुने, पर्चा, पम्पलेट बाँड्ने, राँके जुलुस गर्ने, आतङ्कित गर्ने र मनोवैज्ञानिक त्रास फैलाउने एक सय ६० जना पक्राउ परेका छन् ।”

उहाँले मतदान नागरिकको संवैधानिक अधिकार भएकोले त्यसमा अवरोध पुर्‍याउन खोज्नेलाई पक्राउ गरिएको बताउनुभयो ।