पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार सांसदहरुले प्रमुख मुद्दाहरुमा आफ्नो पार्टीबाट अलग भएर मतदान गर्नसक्ने फैसला गरेको छ ।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार आफ्नो पहिलो संसदीय नीति भाषणका क्रममा नयाँ खुशी सूचकाङ्क प्रस्ताव गर्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ।
राष्ट्रिय सभाका सदस्य तथा नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले मिडिया क्षेत्र अरुको अधिनमा नरहेर आफ्नै मर्यादामा रहन आवश्यक रहेको बताउनुभएको छ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा छोराले बाबुको हत्या गरेका छन्। प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुमा छोराले धारिलो हतियार प्रहार गरी ५६ वर्षीय बाबु श्यामबहादुर लिम्बूको हत्या गरेका हुन्।
असोज १२ गते आएको बाढीले बेलिब्रिज बगाएको मेची राजमार्गस्थित हेवा खोलामा बिहीबार साँझदेखि फड्के सञ्चालनमा आएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य रहन आहार विहारमा विशेष ख्याल गर्नुपर्ने बताउनुभएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किटजन्य, श्वासप्रश्वास, छालाजन्य, मानसिक जस्ता समस्या देखि नसक्ने भएकाले सबैलाई सजक रहन आग्रह गरेको छ ।
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मलेसियाले हालै आएको पहिरोमा परेर निधन भएका एन्फा यु–१३ का खेलाडीका परिवारलाई सहयोग गर्ने भएको छ ।
देशका विभिन्न भागमा भएको अविरल वर्षापछिको बाढीपहिरो प्रभावितको सहायताका लागि गण्डकी सरकारले ५० लाख रुपियाँ सहयोग गर्ने भएको छ।
अविराल वर्षातको बाढीले लार्चाको बेलिबिज्र र लिपिङको पक्की पुल बगाएपछि लार्चामा फड्के र तुइन हालेर आजजाउ खुलाइएको छ ।
स्वास्थ्य क्षेत्रका समस्याहरूको पहिचान तथा स्वास्थ्य क्षेत्रका सेवाका सूचकहरुहरुको पालनाको आधारमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकालाई प्रथम घोषणा गरिएको छ ।
चाडपर्व लक्षित सुरक्षा योजना तयार गरेर लागू गरेको जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्जमा ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
इलामको फिक्कलबाट नयाँ बजार जाने सडक पहिरोका कारण अवरुद्ध बनेको छ । सूर्योदय नगरपालिकाको बरबोटेदेखि जोगमाई जाने सडक खण्डको ढोडेमा पहिरोको कारण सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
एसिया रग्बी महिला तथा पुरुष सेभेन्स शुक्रबारदेखि दशरथ रङ्गशालामा हुने भएको छ ।