• १२ मंसिर २०८१, बुधबार

फड्के र तुइनद्वारा जोडियो तातोपानी नाका

blog

बाढीले भोटेकोशी नदीस्थित लार्चाको बेलिब्रिज बगाएपछि त्यस स्थानमा फड्के हालेर आउजाउ खुलाउँदै ।

चित्र मिजार

सिन्धुपाल्चोक, असोज १७ गते । अविराल वर्षातको बाढीले लार्चाको बेलिबिज्र र लिपिङको पक्की पुल बगाएपछि लार्चामा फड्के र तुइन हालेर आजजाउ खुलाइएको छ ।

भोटेकोशी गाउँपालिका–२ तातोपानीका वडा अध्यक्ष कुमार श्रेष्ठले आउजाउ गर्ने माध्यम नभएकाले फड्के र तुइन हालेर आउजाउ व्यवस्था मिलाएको बताउनुभयो । सडक डिभिजन, भोटेकोशी गापाको खर्चमा भोटेकोशी नदीमा दुईवटा स्काभेटर, टिपर प्रयोग गरेर ह्युमपाइप राखेर सडक सम्बन्ध जोड्ने लक्ष्यले ह्युमपाइप राख्ने काम भइरहेको उहाँले जानकारी दिनुभएको छ । तर भोटेकोशी नदीको बाहव घटेको छैन । 

लार्चाको बेलिब्रिज र लिपिङ पुल बगाएपछि तातोपानी नाका र चीनको खासा, न्यालम क्षेत्रमा दशैंको सामान बोकेर राजधानी आउन लागेका दुई सय बढी कन्टेनर लिपिङ क्षेत्रमै रोकिएका छन् । संघीय साँसद मोहनबहादुर बस्नेतले रोकिएका कन्टेनर राजधानी पठाउनका लागि गापासँग समन्वय गरेर भोटेकोशी नदीमा ह्युमपाइप राखेर कन्टेनर राजधानी पठाउन तयारी भईरहेको सो गापाका अध्यक्ष पासाङर्नुपु शेर्पाले बताउनुभयो ।