कीर्तिपुरको भाजंगल खोल्सामा परी प्रल्हाद महर्जन बेपत्ता हुनुभएको छ । हराइरहेका उहाँको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताउनुभएको छ ।
गत शनिबार सुनकोशी नदीमा आएको बाढीले पुल बगाएपछि विद्यार्थीको पढाइ ठप्प भएको छ ।
गतसाता बागमती नदीमा आएको बाढीबाट ललितपुर महानगरपालिका–१ को वडा कार्यालयमा करिब रु ८० लाख बराबरको क्षति भएको छ ।
झापाको हल्दिबारीमा जङ्गली हात्तीको आक्रमणमा परेर एक वृद्धको ज्यान गएको छ । हल्दिबारी गाउँपालिका –३ का ६५ वर्षीय वृद्ध वाङदी गुरुङको हात्तीको आक्रमणमा परेर ज्यान गएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहनुभएका बङ्गलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गर्नुभएको छ ।
बाढीका कारण पूर्ण रूपमा क्षति भएको बिपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सिमाना चौकीडाँडाबाट सडक डाइभर्सन गर्दै अघि बढ्नै समस्या भएको हो ।
दसैँ तिहार जस्ता चाडपर्वको बेला हुन सक्ने विभिन्न प्रकारका आपराधिक कार्यहरू रोक्न नेपालगन्ज विमानस्थल र नेपाल भारत जमुनाहा नाकामा सुरक्षा चेकजाँचमा कडाइ सुरु गरिएको छ ।
साबिक विजेता रियाल म्याड्रिडलाई युइएफए च्याम्पियन्स लिग फुटबलमा लिलेको झट्का लागेको छ । बुधबार राति भएको खेलमा रियल लेलेसँग उसैको मैदानमा १–० गोलले पराजित भयो ।
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँधको ढलान कार्य सुरु गरिएको छ ।
मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले लागुऔषध नियन्त्रणका लागि तीनै तहका सरकारले जनचेतनामूलक विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
चाडपर्वलाई लक्षित गर्दे आज घटस्थापनादेखि गोरखा सदरमुकामको मुख्यचोक हरमटारीमा यात्रु सहयता कक्ष सञ्चालनमा ल्याइएको छ ।
पेट्रोलबाट शरीरमा आगो सल्किदा २ जना बालबालिका घाइते भएका छन् ।
पुरुष सौन्दर्य प्रतियोगिता ‘म्यान अफ दि इयर नेपाल २०२४’को पहिलो संस्करणको उपाधि कृष्ण न्यूरेले जित्नुभएको छ ।
झापाको दमक नगरपालिकाले अति विपन्न तीन सय घरपरिवारलाई दैनिक उपभोग्य खाद्य सामग्री उपलब्ध गराएको छ ।