भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बिपी राजमार्ग दसैँअघि नखुल्ने बताएको छ।
मध्यपहाडी राजमार्गअन्तर्गत खुर्कोट–घुर्मीखण्ड आजदेखि एकतर्फी रूपमा खुलेको छ । केही दिनअघि आएको वर्षासँगको बाढीपहिरोले राजमार्गको सयौँ स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो ।
वडा दसैँको पहिलो दिन मधेश प्रदेशको राजधानी जनकपुरधामको जानकी मन्दिर, राजदेवी मन्दिर, बौद्धीमाइ मन्दिर, अमरखाना माई मन्दिरसहितको शक्तिपीठमा हिन्दु परम्पराअनुसार घटस्थापनाका दिन देवी देवताको पूजा आराधना गर्नेको भीड लागेको छ ।
जिल्ला मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुखले एउटै सेवाग्राहीबाट पटक–पटक घुस लिएको पाइएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव चिली प्रस्थान गर्नुभएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदमा घाइते भएकालाई सरकारले निःशुल्क उपचार गरिरहेको बताउनुभएको छ।
मनाङको नासोँ गाउँपालिका-६ स्थित भीमथाङ तथा पोङ्कर ताल परिसरमा ‘रिचार्ज’ पोखरी निर्माण गरिने भएको छ । गाउँपालिकाले उक्त स्थानमा रिचार्ज पोखरी निर्माण गरी ३० घरलाई पानीको समस्याबाट मुक्त पार्ने लक्ष्य लिएको छ ।
पश्चिम मकवानपुरको मनहरी –६, प्रतापपुरमा घर नजिकैको कुलोमा डुबेर एकजना बालकको मृत्यु भएको छ । १८ महिनाको बालक सामुयल प्रजाको पानीमा डुबेर मृत्यु भएको हो ।
पाँचथर जिल्लामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ। बुधबार फिदिम नगरपालिका १ की ४९ वर्षीया थुममाया योङहाङको शव भेटिएसँगै मृतकको सङ्ख्या आठ पुगेको हो।
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पर्ने पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएको छ । लगातारको वर्षापछि सडक क्षेत्र करिब ३० मिटर भासिएपछि यातायात एकतर्फी सञ्चालन गरिएको छ ।
नेपालको ऐतिहासिक शक्तिपीठ गोरखा दरबारमा रहेको गोरखाकाली र गोरखानाथमा जमरा राखिएको छ।
कीर्तिपुरको भाजंगल खोल्सामा परी प्रल्हाद महर्जन बेपत्ता हुनुभएको छ । हराइरहेका उहाँको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताउनुभएको छ ।
गत शनिबार सुनकोशी नदीमा आएको बाढीले पुल बगाएपछि विद्यार्थीको पढाइ ठप्प भएको छ ।
गतसाता बागमती नदीमा आएको बाढीबाट ललितपुर महानगरपालिका–१ को वडा कार्यालयमा करिब रु ८० लाख बराबरको क्षति भएको छ ।