• ८ असार २०८२, आइतबार

छोराले गरे बाबुको हत्या

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज १७ गते। ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा छोराले बाबुको हत्या गरेका छन्। प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुमा छोराले धारिलो हतियार प्रहार गरी ५६ वर्षीय बाबु श्यामबहादुर लिम्बूको हत्या गरेका हुन्।

छोरा ३० वर्षीय छोरा सुमनले धारिलो हतियार बाम्फक प्रहार गरी हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार घरायसी विवादका क्रममा विवाद हुँदा छोराले बाबुलाई हतियार प्रहार गरेका थिए।

बाबुको हत्या गर्ने छोरालाई घटनास्थलबाटै पक्राउ गरिएको पनि प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो। यता घटनाका विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।