• १८ असोज २०८१, शुक्रबार

रोग बढ्न सक्छ सजक रहौँ

blog

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ।

काठमाडौँ, असोज १७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किटजन्य, श्वासप्रश्वास, छालाजन्य, मानसिक जस्ता समस्या देखि नसक्ने भएकाले सबैलाई सजक रहन आग्रह गरेको छ । 

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ति निकाल्दै बाढी पहिरोका कारण किटजन्य, श्वासप्रश्वास, छालाजन्य, मानसिक जस्ता समस्या देखि नसक्ने भएकाले सबैलाई सजक रहन आग्रह गर्नुभएको हो । 

बाढी पहिरोका कारण पानीको श्रोतहरू प्रदूषित हुने सम्भावना रहेकाले पानीजन्य रोगहरू र सरसफाइ सम्बन्धी जनस्वास्थ्यका समस्या झनै बढ् नसक्ने भन्दै डा.बुढाथोकीले यस्तो आग्रह गर्नुभएको हो । 

डा.बुढाथोकीका अनुसार विपद् प्रभावित मध्ये बहिरङ्ग सेवाबाट ५६२ बढीले सेवा लिएका छन् । त्यसैगरी, १०८ जनाले भर्ना भई अन्तरङ्ग सेवा मार्फत शल्यक्रिया सहित उपचार सेवा लिनेका छन् ।

उपचाररत ७३ जना डिस्चार्ज भएका छन् भने ३५ जना उपचाररत रहेको डा. बुढाथोकीले जानकारी दिनुभयो । उद्धार गरिएका घाइतेहरूको निःशुल्क उपचार भइरहेको छ । 

उहाँ भन्नुहुन्छ,“विपद् लगतै बसेको  बैठकमा निर्णय भए अनुसार मन्त्रालय तथा मातहतका निजी स्वास्थ्य संस्थाहरूले घाइतेहरूको उपचारमा यथाशक्य प्रयत्न भइरहेको छ ।”

विपद्का कारण २१ वटा जिल्ला प्रभावित भएका छन् । असोज ११ र १२ गते देशका अधिकांश स्थानमा परेको अविरल वर्षका कारण बाढी,पहिरो,डुबान परी स्वास्थ्य संस्थाहरू पाँच वटा पूर्णरुपमा क्षति ५२ वटा स्वास्थ्य संस्थामा सामान्य क्षति पुगेको छ । 

क्षति भए पनि स्वास्थ्य संस्थामा सेवा प्रवाह निरन्तर भइरहेको जानकारी प्राप्त भएको डा. बुढाथोकीले जानकारी दिनुभयो ।