• १९ असोज २०८१, शनिबार

ब्राउन सुगरसहित दुई जना पक्राउ

blog

लागुऔषधसहित पक्राउ परेका दुई जना कारोबारी। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असोज १७ गते। चाडपर्व लक्षित सुरक्षा योजना तयार गरेर लागू गरेको जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्जमा ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझाबाट ९९ ग्राम लागुऔषध ब्राउन सुगरसहित कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर कञ्चनपुर, लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले ब्राउन सुगरसहित एक जना भारतीयसहित दुई जनालाई पक्राउ गरेको हो। 

नेपालगन्जको राँझास्थित लालचन्द्र कामीको डेरामा खानतलासी गर्ने क्रममा भारत रुपैडिया बस्ने राहुल शुक्लाको पाइन्टको गोजीमा ब्राउन सुगर फेला  पारेको हो। 

सोही कोठामा रहेको खाटमा लागुऔषध ब्राउन सुगर तौल गर्न प्रयोग गरिने डिजिटल तराजु एक थान प्रहरीले बरामद गरेको एसपी कार्कीले बताउनुभयो।