कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो ।
त्रिकोणात्मक टी–२० सिरिजको उपाधि आयोजक क्यानडाले जितेको छ । बिहीबार राति भएको खेलमा ओमानलाई पाँच विकेटले हराउँदै क्यानडाले सिरिज जितेको हो ।
सर्वदा साहित्य सङ्गमद्वारा नेपालगन्जमा आयोजित एक कार्यक्रममा दुई जना साहित्यकारका दुई कृति विमोचन गर्नुका साथै तीन जनालाई ‘सर्वदा साहित्य सम्मान’ बाट सम्मानित गरिएको छ ।
चाडपर्वलाई लक्षित गरी जिल्लाका तीन स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले यात्रुको सुरक्षा र सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
परराष्ट्रमन्त्री डा. राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर आज दोहाबाट स्वदेश फर्कंदै हुनुहुन्छ ।
दशरथ रङ्गशालामा भएको पहिलो खेलमा पुरुषतर्फ नेपाल उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भेट गर्नुभएको छ ।
गोरखामा अविरल वर्षाका कारण माछीखोला–धार्चे सडक खण्ड झण्डै ३ महिनापछि सञ्चालनमा आएको छ ।
उच्च रक्तस्रावका कारण ढकारीका एक सुत्केरी महिलाको बिहीबार मृत्यु भएको छ । ढकारी गाउँपालिका –६ ढुंगाचाल्नाकी २९ वर्षीया सरितादेवी जैसीको मृत्यु भएको हो ।
ठाउँ–ठाउँमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको हलेसी–जयराम सडक फेरि अवरुद्ध भएको छ । १७ गते राति परेको अविरल वर्षाका कारण पहिरो खसेपछि यात्रुहरु बाटैमा अलपत्र परेका हुन् ।
स्याङ्जाको आँधीखोला गाउँपालिका–२ बेझाङमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
खुम्लेकीराको प्रकोप बढेपछि धनकुटाका कृषक समस्यामा परेका छन् । खुम्लेले बाली विरुवाका जरा खाएर बाली सखाप पार्ने भएपछि किसान हैरान बनेका हुन् ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले अनुमतिबिनै सञ्चालन भएका अटो तथा ई–रिक्सा नियन्त्रणमा लिएको छ ।
गोरखामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमसेन थापा गाउँपालिका –२ तान्द्राङका ३४ बर्षीय टिकाराम लामिछाने भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले जानकारी दिनुभयो ।
बाढी पहिरोले बिपी राजमार्ग र महत्वपूर्ण दुई वटा मोटरेबल पुलमा क्षति गरेपछि सडक सम्पर्क विच्छेदमा परेको रामेछापबाट वैकल्पिक रूपमा पुष्पलाल मार्ग मन्थली–चरिकोट–खाडिचौर–काठमाडौँ सडक खुलाइएको छ । यो सडक खुले पनि ६ घण्टा बाटो लम्बिएको छ ।