• १८ असोज २०८१, शुक्रबार

आँधीखोलामा जिप दुर्घटना : सात घाइते

blog

तस्बिर : जिल्ला प्रहरी कार्यालय ।

अर्जुन काफ्ले

स्याङ्जा, असोज १८ गते । स्याङ्जाको आँधीखोला गाउँपालिका–२ बेझाङमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सिरुबारीदेखि पोखरा जाँदै गरेको ग १ ज ५७५६ नम्बरको बोलेरो जिप बेझाङ भालेखर्कमा शुक्रबार दुर्घटना हुँदा सात जना घाइते भएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । 

दुर्घटनामा परी जिपमा सवार चालकसहित ८ जना मध्ये घाइते भएका सात जनालाई उपचारका लागि सेतीदोभान स्वास्थ्य चौकीमा पठाइएको डिएसपी पौडेलले बताउनुभयो । 

दुर्घटनामा आँधीखोला गाउँपालिका – ५ का ५० वर्षीया आत्मराम सिग्देल, ८४ वर्षीया कलावती घिमिरे, ३२ वर्षीया सिर्जना चापागाई, कास्की महानगरपालिका पोखरा छोरेपाटनका १६ वर्षीय अमना नेपाली, अर्जुनचौपारी– ५ कि ५८ वर्षीया शान्तिकुमारी सापकोटा, ६१ वर्षीया शिव सिग्देल, कास्की महानगरपालिका ११ कि तीन वर्षीया छोरी सोफीया नेपाली घाइते भएका छन् ।

 जिप घटनास्थलमा रहेको र दुर्घटना कसरी भयो सो बारेमा अनुसन्धान भइरहेको पौडेलले बताउनुभयो ।