परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किनुभएको छ। परराष्ट्रमन्त्री राणा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिएर शुक्रबार स्वदेश फर्कनुभएको हो।
चाडपर्वलाई लक्षित गर्दै सहज, सुरक्षित एवं सम्मानजनक आवगमन सुनिश्चित गर्न सीमा नाकामा सशस्त्र प्रहरी बलले एक सय १६ स्थानमा सहायता कक्ष स्थापना गर्ने भएको छ।
मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य बजार अनुगमन गरिएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मेरिङ्देन गाउँपालिका कमिटी अध्यक्षमा आशलाल केदेम (आशिष) चयन हुनुभएको छ। गाउँपालिकाको दोस्रो अधिवेशनबाट केदेम अध्यक्ष रहेको पालिका कमिटी सर्वसम्मत चयन गरिएको हो।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले मानव सूचकाङ्कको दृष्टिकोणले पछाडि रहेको मधेश स्वास्थ्य क्षेत्रका विभिन्न इन्डिकेटरमा उल्लेखनीय सुधार हुनेगरी काम गर्न निर्देशन दिनु भएको छ ।
अबिरल वर्षासँगै आएको बाढी, पहिरोका कारण काभ्रेपलाञ्चोकको ६ वटा स्थानीय तह पूर्णरुपमा अन्धकार बनेका छन् । बाढी, पहिरोका कारण अधिकांश स्थानमा बिद्युतको ट्रान्सफर्मर, बिद्युत पोल र तारमा क्षति पुगेपछि जिल्लाको धेरै स्थानमा बिद्युत सेवा ठप्प भएको हो ।
विपद्बाट बढी प्रभावित जिल्लाका पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको छ।
अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै रु २५ अर्ब बराबरको क्षति भएको छ ।
फिदिम नगरपालिकाले रमिते गोलाईदेखि मजिटे हुँदै भण्डारी गोलाई सम्मको पुरानो बाटोको स्तरउन्नती र सरसफाई गर्न ६ दिन लागेको छ ।
भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार गर्नुपर्नेमा जोड दिएको छ । वैवाहिक बलात्कारीलाई गैरकानूनी घोषित गर्न माग गर्दै अभियन्ताहरूले दायर गरेको चलिरहेको सर्वोच्च अदालतको मुद्दामा भारत सरकारले त्यस्तो जोड दिएको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा पुलिसले सङ्कटालाई २–१ गोलले हरायो ।
हिन्दु नेपालीको विशेष पर्व दसैँको किनमेलले बजारमा भीडभाड बढेको छ । राजधानीको पुरानो बजार न्युरोडसहित विभिन्न क्षेत्रमा किनमेल गर्नेको भीड देखिन्छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिसँग प्राकृतिक विपद्ले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गर्नुभएको छ।
एकीकृत भन्सार जाँचचौकीको प्रवेशद्वार नजिक ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकलयात्री श्याम साहको उपचारका क्रममा आज मृत्यु भएसँगै क्षतिपूर्तिको मागसहित आफन्तजन विरोधमा उत्रेका छन् ।