अघिल्लो साता आएको बाढीपहिराेमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिनुभयो ।
गोरखामा डेंगुबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका – ७ कुल गाउँकी ४८ वर्षीय निरमाया गुरुङ भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो ।
मुलुकमा विपत् आउनेबित्तिकै विमल पन्तलाई आपत्मा परेकाको उद्धार, खाना तथा कपडाको चिन्ता लाग्छ ।
संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्युबाट “आतङ्कित” भएको बताएको छ ।
महोत्तरी जिल्लाको विभिन्न गाउँठाउँ तथा टोल टोलमा झिझिया नृत्य सुरु भएको छ । मिथिलाञ्चलको अनौठो तथा तान्त्रिक नृत्य झिझिया दसैँसँगै सुरुवात गर्ने गरिन्छ ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।
दलित समुदायले भोग्दै आएको भेदभाव तथा छुवाछुतको समस्याबारे लेखिएको ‘माया पनि बिटुलो’ कृति शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृतावस्थामा फेला परेको छ । प्राकृतिक कारणले हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनुभयो ।
भारतीय पाश्र्व गायक तथा सङ्गीतकार क्विन्सी चेट र गायिका सम्झना पाण्डेको ‘आधी बाटो हिँडेपछि’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
प्रेम, अध्यात्म, दर्शन, इतिहास, संस्कृतिलाई कवितामा मौलिक विम्बसाथ प्रस्तुत गर्ने कवि तथा गीतकार रमेश क्षितिजको पहिलो आख्यान कृति ‘एउटा मायी नगरमा’ शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ ।
बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने प्रक्रिया थालेको छ । सम्झौताका लागि चीन सरकारलाई प्रस्ताव पठाएको छ ।
सर्लाहीका उखु किसानले शुक्रबार अनुदानको रकम प्राप्त गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले किसानको खातामा रकम जम्मा गरिदिएको हो ।
देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चाडपर्वको मौकामा बजारमा खाद्यान्न, खानेतेललगायतको चर्को मूल्यवृद्धि भइरहेकोमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चासो लिनुभएको छ ।