सन् २०२४ को सेप्टेम्बरमा चार वर्षयताकै सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।
सम्पत्ति शुद्धीकरणको विषयमा खेलबाड गर्ने र संवेदनशील नहुने बैङ्क र तिनका कर्मचारीलाई अब कारबाही हुने भएको छ ।
सर्वोच्च अदालतले बैङ्क तथा वित्तीय संस्थाले सकार गरेको गैरबैङ्किङ सम्पत्तिलाई बैङ्किङ सम्पत्तिमा रूपान्तरण गरेपछि धितो धनीले हकदाबी गर्न नपाउने व्याख्या गरेको छ ।
स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नियमन गर्न ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण गरिएको छ ।
बाढीपहिरोले भत्काएको सडक त्यसमाथि दसैँमा हुने सवारीसाधनको अत्यधिक चापलाई ध्यानमा राखी नारायणगढ–काठमाडौँ सडकखण्डमा ट्रेलरसहितका ठुला सवारी सञ्चालनमा रोक लगाइएको छ ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा प्रदान गर्न ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ ।
हामी गाउँका मान्छे, एउटा घर होस्, खेतबारी होस् । गाउँमै काम गरेर खान पाइयोस् ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले शुक्रबार फ्रान्सेली भाषा बोल्ने देश ’फ्रान्कोफोन’ शिखर सम्मेलनको उद्घाटन गर्दै मध्यपूर्व र युक्रेनलगायत विश्वव्यापी द्वन्द्वमा ‘दोहोरो भूमिका’ नखेल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।
भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्र्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
चिकित्सा सहायता बोकेको संयुक्त राष्ट्र सङ्घको विमान शुक्रबार लेबनानमा अवतरण गरेको छ ।
एरिका गुरुङ इटालीमा आयोजना हुने १३औँ विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।
चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ-१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र शेन्झाउ-१८ लाई पृथ्वीमा स्वागत गर्ने कार्यक्रम रहेको चिनियाँ अन्तरिक्ष विभागले जनाएको छ ।
विश्वव्यापी वातावरणीय प्रभावबाट आउने गरेको प्राकृतिक विपद्बाट जोगिन जोगिनका लागि तिनै तहका सरकारले पूर्व तयारी गर्नुपर्नेमा वक्ताहरुले जोड दिनुभएको छ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा र सो महासभाका दौरानमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको उपस्थिति महत्वपूर्ण र प्रभावकारी रहेको बताउनुभएको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटबल सडकखण्ड फेरी अवरुद्ध भएको छ। नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा भासिएपछि सडक फेरि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।