• १८ असोज २०८१, शुक्रबार

प्राकृतिक विपद्‍मा बच्न तीनै तहका सरकारले पूर्व तयारी गर्नुपर्नेमा जोड

blog

कार्यक्रममा सहभागी। तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, असोज १८ गते। विश्वव्यापी वातावरणीय प्रभावबाट आउने गरेको प्राकृतिक विपद्‍बाट जोगिन जोगिनका लागि तिनै तहका सरकारले पूर्व तयारी गर्नुपर्नेमा वक्ताहरुले जोड दिनुभएको छ। नेपाल भारत खुला सीमा संवाद समूहले मधेश प्रदेशको राजधानी जनकपुरधाममा शुक्रबार प्रत्येक वर्ष वर्षा र बाढी बाट हुने क्षतिले जनजीवनमा पार्ने असरका सन्दर्भमा “बाढ विपद–आर और पार” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताले यस्तो बताएका हुन्। 

नेपाली काँग्रेसका प्रदेश अध्यक्ष एवम् मधेश प्रदेश संसदीय दलका नेता कृषणा यादवले विश्वव्यापी वातावरणीय प्रभाव, वन जंगलको विनास र चुरियाको दोहनका कारण देशमा विभिन्न खालका विपद् आउने गरेको भन्दै वृक्षारोपणमा जोड दिनुभयो। 

भारतिय कम्युनिस्ट पार्टी मालेका नेता भूषण सिंहले नेपालमा भएको वर्षा र बाढीले मधेश प्रदेशका साथसाथै भारतको बिहार राज्यमा बस्ने बासिन्दालाई बढी प्रभाव पार्ने गरेकोले दुवै देशका सरकारले मिलेर समस्या समाधानका लागि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा बोल्ने वक्ताले राज्यले बाढी भन्दा पहिले के गर्ने, बाढीको समयमा के गर्ने र बाढी आइसकेपछि के गर्ने विषयमा बृहत् योजना तयार पारेर अघि बढनुको विकल्प नभएकोमा जोड दिएका थिए। कार्यक्रममा नेपाल भारत सीमा संवाद समूहका अध्यक्ष राजीव झाले प्रत्येक वर्ष वर्षा र बाढीबाट हुने क्षति र त्यसको समाधानका विषयमा आफ्नो प्रस्तुति गर्नुभएको थियो।